प्रदेशसमाज

प्रवाशमा रहेका दलित युवाहरुकाे सहयोगमा पञ्चपुरी १० का १८ जनालाई सहयोग

[mashshare]

भारतमा रहेका नेपाली हरुकाे सहयाेगमा पञ्चपुरी १० का १८ जना लाई राहत बितरण गरिएको छ । पञ्चपुरी नगरपालिका वडा नं १० का वडा अध्यक्ष हरिप्रसाद ढकालकाे अध्यक्षता राहत बितरण गरिएको स्थानीय रमेश बिक ले बताएका छन । प्रबाशमा रहेका दलित युवाहरुले जम्मा गरेकाे ३५ हजार ७ सय २५ रुपैयाँ बाट १८ परिवारलाई प्रति परिवार २५ केजि चामल, १ लिटर तेल, २ केजि दाल र २ केजि नुन बितरण गरिएको हाे ।

काेराेना महामारीको कारण दैनिक ज्याला मजदुरी गुमाएका बिपन्न परिवारलाई तिहारकाे समयलाई मध्यनजर गर्दै राहत बितरण गरिएको उमेश बिक ले बताएका छन । नेपाल जनसम्पर्क समिति का क्षेत्रीय सदस्यीय गाैरीकान्त बिक काे पहलमा १७ जना युवाहरुले राहत रकम जम्मा गरेका हुन । सहयाेग गर्नेहरुमा खड्क बिक, धर्म टमटा, कमल भुल, गाैरिकान्त बिक, हिरु भुल, कर्णसिंह बिक, दत्त टमटा, जीवन बिक, हर्क डाडाबाडी, केशव बिक रहेका छन । त्यसैगरी चंके बिक, बालाराम टमटा, तिलक बिक, फक्किरे बिक, पदम टमटा, बाल बिक र महेन्द्र बिकले समेत सहयोग गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close