समाचार

गोविन्द केसीको उपचारमा लाग्ने सबै खर्च सरकारले ब्यहाेर्ने

[mashshare]

काठमाण्डौ – कोरोना सङ्क्रमित डाक्टर गोविन्द केसीको सबै खर्च सरकारले ब्यहाेर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमार्फत केसीलाई लाग्दै सबै खर्च सरकारले ब्यहाेर्ने जानकारी गराउनुभएको छ । उहाँले डाक्टर केसीको स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ । प्रधानमन्त्री ओलीले डाक्टर केसीको उपचार नि:शुल्क गराउने घोषणा गरे पनि यसअघि नै कोरोना सङ्क्रमित सबैको उपचार नि:शुल्क गराउने सरकारले स्पष्ट पारिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close