कारोबारसमाचार

बँदेलको मासुसहित सुर्खेतमा तीन जना पक्राउ

[mashshare]

जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रतिबन्धित वन्यजन्तु बँदेलको मासुसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरेन्द्रनगर–४, मुलपानी चोकमा शनिबार सवारी चेकजाँचका क्रममा कर्णाली प्रदेश ०२००१ ख ०२६२ नम्वरको फोर्स गाडीको छतबाट ५ वटा बोरामा लुकाई छिपाई राखिएको १५२.५७ किलो जंगली जनावर बँदेलको मासुसहित तीन जनालाई पक्राउ गरेको हो ।

सुर्खेतका प्रहरी प्रमुख राजेन्द्रप्रसाद भट्टका अनुसार पक्राउ पर्नेमा गाडी चालक जिल्लाकै बराहताल गाउँपालिका–८,का २७ वर्षीय अर्जुन गौतम, वीरेन्द्रनगर नगरपालिका–४, का ४५ वर्षीय प्रेम बुढामगर र चौकुने गाउँपालिका–८, का ३५ वर्षीय दिपेन्द्रराज गिरी रहेका छन । बँदेलको मासु, फोर्स हाईससहित तीनै जनालाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय सुर्खेत पठाईएको बताए । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत टेकबहादुर रावलले पक्राउ परेका माथि बँदेलको मासु प्रमाणित भएमा वन ऐन २०७६ अनुसार कारवाही हुने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close