
काठमाण्डाै – कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा थप आठ जना नेपालीको ज्यान गएकाे छ ।
गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म कोरोनाका कारण निधन हुने नेपाली सङ्ख्या दुई सय ९३ पुगेको छ । सङ्घका अनुसार विश्वभर ४४ देशमा अनुमानित ४५ हजार चार सय ३९ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये अनुमानित ४१ हजार चार सय ३९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डाक्टर सञ्जीव सापकोटाका अनुसार युके, स्पेन, अस्ट्रिया, जर्मनी, भारत, यूएई, कतार र साउदी अरबमा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ ।
यो हप्ता नेपालमा मात्र दुई लाख ६ हजार तीन सय ५३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने तीमध्ये एक लाख ६८ हजार एक सय २९ जना कोरोनामुक्त भएका छन् ।