प्रदेश

पञ्चपुरीमा जुवाको खालबाट १५ जना पक्राउ

[mashshare]


जुवाको खालबाट पञ्चपुरी नगरपालिका वडा नं. २ मा १५ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको हो । जुवा खेल्दै गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बावियाचौरबाट खटिएको प्रहरी टोलीले जुवाडेहरुलाई पक्राउ गरेको हो । 

जुवाको खालबाट २ लाख २१ हजार ६ सय ५० नगद सहित १५ जना जुवाडेहरु पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बावियाचौरले जानकारी दिएको छ ।  भर्खरै इलाका प्रहरी कार्यालय वावियाचौरको नेतृत्व सम्हालेका प्रहरी निरिक्षक बखत शाहीले पक्राउ परेका लाई जिल्ला बुझाएको बताउनुभयो ।

ईलाका प्रहरी कार्यालय बाबियाचाैरले पछिल्लो चरणमा दशै तिहार छठ लगाएतका पर्बहरुलाई मध्यनजर गर्दै सुरक्षा र गस्तीलाई तिब्रता दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close