प्रदेश
[mashshare]
सुर्खेतमा बाँकेका ६२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

सुर्खेत । बाँके स्थायी ठेगाना भएका ६२ वर्षीय कोरोना संक्रमित पुरुषको सुर्खेतमा मृत्यु भएको छ । बैजनाथ गाउँपालिका–१ घर भई वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत बस्दै आएका ति पुरुषको आज विहान मृत्यु भएको हो ।
कार्तिक २६ गते श्वासप्रसासमा समस्या आएपछि कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएको थियो । उनको सोही दिन जिन एक्सपर्ट विधिबाट निजको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
प्रदेश अस्पतालमा रहेको कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचारको क्रममा उनको मृत्यु भएको कँडेलको भनाई छ ।
प्रोटोकल अनुसारको उपलव्ध सबै उपचार गरिएपनि बचाउन नसकिएको कँडेलले बताएका छन ।