
पञ्चपुरीमा तिहारकाे दिन फेरि जुवा खालबाट जुवाडे पक्राउ परेका छन । गाेप्य सुचनाका अाधारमा ईलाका प्रहरी कार्यालय बाबियाचाैरकाे टाेलीले जुवा खेलिरहेकाे अवस्थामा ११ जनालाई पक्राउ गरेकाे हाे । पञ्चपुरी वडा नं ६ मा लुकिछिपी जुवा खेलिरहेका ब्यक्ति बाट नगद ५१ हजार २ सय ८५ रुपैयाँ बरामत गरेकाे ईलाका प्रहरी कार्यालय बाबियाचाैरका प्रहरी निरिक्षक बखत शाहीले जानकारी दिनुभएको छ ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाईएकाे छ ।प्रहरीले प्रकाउ परेका हरुकाे नाम सार्वजनिक गरेकाे छैन भने पक्राउ पर्नेहरु जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि समेत रहेकाे विशेष स्राेतले जनाएको छ । प्रकाउ परेका ११ जना बिरुद्ध जुवा एेन अन्तरगत अनुसन्धान भैरहेकाे प्रहरीले जनाएको छ ।