समाचार

गएको २४ घण्टामा ५०२ जना कोरोना सङ्क्रमित थपिए,

[mashshare]

काठमाण्डौ –  गएको २४ घण्टामा नेपालमा ५ सय २ जनामा कोरोना भाइरसको पुष्टि भएको छ। 

३ हजार १ सय १२ जनाको पीसीआर परीक्षण गर्दा ५ सय २ जनालाई सङ्क्रमण भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख  ११ हजार ४ सय ७५  पुगेको छ । यस्तै गएको २४ घण्टामा २ हजार ८ सय ७८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त  हुनेको संख्या १ लाख ७९ हजार २ सय ४२ पुगेको छ । आज देशभर ३० हजार ९ सय ८६ जना सक्रिय सङ्क्रमित छन् । 

यस्तै, २४ घण्टामा १७ जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार २ सय ४७ पुगेको छ । गएको २४ घण्टामा काठमाण्डौ उपत्यकामा ३ सय ३९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा २ सय ८९, ललितपुरमा ३८ र भक्तपुरमा १२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसहित काठमाण्डौ उपत्यकामा सङ्क्रमितको संख्या ९७ हजार ५५२ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close