प्रदेश
[mashshare]
मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन् । बुधबार बिहानदेखि नै मृतक बालकका आफन्तले वीरेन्द्रनगर स्थित जुम्लारोडमा टायर बालेर सडक अवरुद्ध गरेका छन् ।
मोटरसाइकलले ठक्कर दिँदा वीरेन्द्रनगर–१, का ३ वर्षीय बालक समीर नेपालीको मंगलबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । ती बालकको मंगलबार नै मृत्यु भएको थियो ।