राजनीतिसमाचार

बराहतालको सभापतिमा भिम भण्डारी बिजयी,

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत संस्थापन समुहबाट बराहताल गाउँपालिकाको सभापतिमा भिम भण्डारी बिजयी भएका छन् ।

प्रदेश राजधानी वीरेन्द्रनगरदेखि ३० किलोमिटर पश्चिममा रहेको बराहताल गाउँपालिकामा पनि संस्थापन पक्ष र संस्थापनईतर पक्षको प्रतिस्पर्धा देखिएको हो ।

संस्थापनईतर समुहबाट भुवानसिंह सिजापतिले उम्मेदवार दिएका थिए । हिजो सम्पन्न भएको मतदानमा भण्डारीले १०४ मत ल्याएर बिजयी भएका छन भने सिजापतिले ४६ मत ल्याएका छन ।

त्यसैगरी उपसभापतिमा डिल्लीराम पौडेल, पुर्णबहादुर गुरुङ्ग, सचिवमा फुलमाया सुनार, कृष्णा थापा, र सहसचिबमा कृष्णप्रसाद शर्मा र चन्द्रबहादुर सलामी बिजयी भएका छन ।

बराहतालका १० वटा वडाहरु मध्ये ७ वटा वडाहरुमा खड्का पक्षले जितेको छ । यस्तै तीन वटा वडामा मात्रै थानी पक्षले जितेको छ । जम्मा १६७ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close