Uncategorizedविचार

किन बिकासमा पछाडि छ पश्चिम सुर्खेत ?

[mashshare]

धेरै जनाकाे जिब्रोमा झुन्डिएको शब्द हाे बिकास क्रमागत रुपमा हुन्छ बिस्तारै हुन्छ, याे कसैकाे लागि यथार्थ पनि हुन सक्छ । बास्तबमा बिकास ईच्छा शक्ति र चाहानाले हुने हाे । हामी बिकास पुर्बमा धेरै छ पश्चिममा बिकास छैन भनेर अाफै फलाक्दै हिडेका छाै । बास्तवमा बिकास क्रमलाई हेर्ने हाे भने पश्चिम अरुकाे दाजाेमा हेर्दा पछाडि नै भएको कुरा यथार्थ हाे । २०४८ सालदेखि काे धुलाम्य र हिलाम्मे सडक जस्ताकाे त्यस्तै छ, दियालाे र टुकि काे भरमा अध्याराेमा रात बिताउने हरु हामी यहि समाजमा छाै । अलिकति बिकासकाे नाममा संचारकाे पहुच केही ठाउँमा भवन तथा पुलहरु बनेका छन । द्वन्द्वकालमा भत्काईएका संरचना बनाउन दशकाै समय पर्खनु परेकाे छ । पश्चिम बिकासमा पछाडि पर्नुमा धेरै कारण हरु जाेडिएका छन ।

पहिलो कारण

ब्यक्ति अादर्शबादी बन्नु : हामी कुरा ले ईतिहास पल्टाउने काेसिस गर्छाैं तर घरमा बसेर सानाे काम गर्दैनौं । चिया चाैतारा चाैकमा बसेर चार जना साथमा राखेर राष्ट्रिय राजनीति का कुरा गर्छौ, अादर्श दिन्छौं तर घर परिवारलाई मिलाउन सक्दैनौं । अाफुलाई राम्रो र अाफुले गरेको राम्रो भन्ने अहमता पालेर अरुकाे सल्लाह र सुझाव कम सुन्ने प्रबृत्ति ले गर्दा पश्चिम पछाडि छ ।

दाेस्राे कारण

राजनीति र नेताकाे चाकडी: अाफ्नाे पार्टीको मान्छे र पार्टी भनेपछि सबै राम्रो अरुकाे पार्टीको राम्रो कुरा ग्रहण गर्न नसक्ने परिपाटी बसेकाे छ । कुनै दलकाे नेताले गरेकाे बिकासकाे अाफैले जस लिने प्रबृत्ति हाबि भएको छ । अाफ्नाे पार्टीको नेताले जे भनेपनि जस्तो गरेपनि राम्रो हाे भन्ने जताततै ठिक्क हुने र नेताकाे चाकडी मार्ने प्रबृत्ति बढेकाे छ । विभिन्न दल भित्र गुट उपगुट हुने प्रबृत्तिले पश्चिम पछाडि छ ।

तेस्रो कारण

उपभोक्ता समिति र ठेक्का पट्टामा अाफ्नाे मान्छे बनाउने प्रबृती: जब कुनै स्थानीय, प्रदेश र संघको बजेट छुट्याउन अगाडि ब्यक्ति बिशेषका लागि र कार्यकर्ता खुसि बनाउन बजेट बिनियाेजन हुन्छ, उपभोक्ता समिति गठन गर्दा अाफ्नाे दल बिशेषकाे मात्रै समिति बनाउने र जति सकिन्छ बजेट बचाउने र बाड्ने प्रबृत्ति ले गर्दा पश्चिम पछाडि छ ।

चाैथाे कारण

कमिसन मुखि प्रबृत्ति: कुनै याेजना सम्झाैता र सम्पन्न गर्न अगाडि बिकास बजेटकाे बार्गेनिङ सुरु हुन्छ, बजेट हाले बापत, उपभोक्ता समिति, प्राबिधिक लागत तयार, अनुगमन मुल्यांकन, भुक्तानी प्रकृया मा कहि न कहि बजेट छुट्टाउनु पर्ने गरेकाे छ, जसकाे घाटा पुर्ति गर्न जनश्रमदान मा मिलाउनुपर्ने उपभोक्ता समितिकाे बाध्यताले भनेको जति काम हुदैन यसकारण पश्चिम पछाडि छ ।

पाचौं कारण

सामाजिक संजालमा राजनीति: पछिल्लो चरणमा राजनीतिक दलका नेताहरु अाफ्नाे राजनीति फेसबुकलाई मान्ने गरेका छन । कुनै कार्यक्रम हुदा बित्तिकै फेसबुकमा पाेष्ट गर्नुलाइ महान मान्ने प्रबृत्ति बढेकाे छ । कतिपयले त जन्मदिन, बिवाह, श्रद्धाञ्जली दिने बिषयलाई पेशाकाे रुपमा समेत लिने गरेका छन । शाेकमा डुबेकाे परिवारलाई शान्त्वना दिनुकाे साटाे कुन पार्टीको झण्डा अाेढाउने भन्ने हाेडबाजी हुन्छ । सामाजिक मुल्य मान्यतालाई हामीले बिर्सन हुदैन । घरकाे काेठामा बसेर कमेन्ट र लाईक गरेर दिन बिताउने प्रबृत्ति ले पश्चिम पछाडि छ ।

छैटौं कारण

बिकासमा खबरदारी नहुनु : स्थानीय निकाय गठन हुनुभन्दा अगाडि १० बर्षकाे जनअान्दाेलनका बेला तत्कालीन गाबिस का कर्मचारी र सर्बदलिय संयन्त्रको सेराेफेराेमा बिकास क्रम चल्याे, त्याे बेला न कसैले खबरदारी गरे न कसैलाई हिम्मत नै अायाे, त्यसपछि स्थानीय निकायकाे संरचना जब तयार भयाे जनप्रतिनिधि चुनिए पछि समुदायमा हुने विभिन्न जनचेतनामूलक कार्यक्रम नहुदा नागरिककरुमा चेतनाबृद्धि भएन, जनप्रतिनिधि ले गरेका याेजना मा काेहि अनुगमन नगर्ने र अाबश्यकता अनुसार काे बजेट सहि ठाउमा सदुपयोग नहुदा बिकास मा पश्चिम पछाडि छ ।

साताै कारण

अन्तरपुस्तामा समन्वयको कमि हुनु: अाजभाेली युवा पुस्ताहरु अघिल्लो पुस्ताले गरेकाे काम स्विकार्न चाहदैन भने अघिल्लो पुस्ताले युवा पुस्तालाई जिम्मेवारी दिने मनस्थितिमा नभएको कारण बिकासमा समन्वयको कमि छ जसले गर्दा सीप जागर र क्षमता भएका युवाहरु बिदेसिनुपर्ने अबस्था रहेकाे छ । पुरानाे पुस्ताले अहिलेकाे अाबश्यकता र मागलाई मध्यनजर गर्न नसक्ने अवस्थाले पश्चिम पछाडि छ ।

बास्तबमा सुर्खेत काे पश्चिम बिकास गर्नकाे लागि सायद कठिन खालकाे परिस्थिति पनि छैन । डाेटि जाेड्नकाे लागि सडक निर्माणका लागि अग्लाे पहाड कडा चट्टान र धेरै पुल निर्माण गर्नुपर्ने अवस्था पनि छैन । सडक निर्माणका लागि समथर भुमि छ । भेरि र कर्णाली नदिमा जलयात्रा, भेरी कर्णाली दाेभान, जाजुरादह, पञ्चपुरी मन्दिर गुप्तिताल, चमेरेगुफा, जस्ता पर्यटकिय क्षेत्रकाे प्रचारप्रसार गर्न सकेमा थप अार्थिक बिकास हुनेछ ।

सम्भावना बाेकेर बसेकाे चाैकुने सिमेन्ट खानी अहिलेसम्म काम सुरु हुन सकेकाे छैन यसकाे बिकास भएमा थप राहत हुने सम्भावना छ । भेरि कर्णाली मा निर्माण भएका पक्कि पुलले सुदुरपश्चिम प्रदेश संग सिमाना जाेडिएकाे खण्डमा पश्चिम सुर्खेतले बिकास काे फड्काे मार्ने सम्भावना छ । जमिन, जल र बिधुत सबै क्षेत्रमा पुर्‍याउन सकेमा मात्रै कृषि र उद्योग काे रुपमा बिकास हुने र फलफुल र खाद्यान्नमा पश्चिम अात्मनिर्भर हुने देखीन्छ ।

पश्चिम काे बिकासका लागि गर्नुपर्ने काम हरु,,,

# बजेट सहि ठाउँमा सहि र ताेकेकाे समयमा खर्च गर्दै समयमै काम सम्पन्न गर्ने परिपाटीको बिकास गर्नुपर्छ ।

# उपभोक्ता समिति गठन गर्दा दल विशेष नभई समुदायको बिकासकाे लागि बन्नुपर्ने साेचकाे बिकास गराउन जनप्रतिनिधि काे भुमिका पार्टी भन्दा माथि उठेर बिकास प्रति हुन अाबश्यक छ ।

# बिकास काे निगरानी गर्नकाे लागि अनुगमन प्रभावकारी रुपमा गर्नुपर्छ र जनश्रमदान कागजमा मात्रै नभई ब्यवहारमा लागू गरिनुपर्छ ।

# राजनीति दलले भैरहेका बिकासकाे निरन्तरता दिनुपर्छ र अाफुले मात्रै गरेकाे हाे भन्ने श्रेय लिन भन्दा पनि समुदायको बिकासका लागि निरन्तर लाग्नुपर्छ ।

# समुदायले अाफ्नाे टाेल बस्तिमा हुने बिकासका कार्यक्रमकाे बारेमा बुझ्ने प्रयास गर्नुपर्छ ।

# निर्वाचित जनप्रतिनिधि हरुले पार्टी बिशेषका पछाडि नलागेर अाफ्ना क्षेत्रमा भएका जनप्रतिनिधि काे साझा याेजना बनाउने प्रयत्न गर्नुपर्छ र यसकाे कार्यान्वयन र उपलब्धि काे लेखाजोखा गरिनुपर्छ ।

पश्चिम सुर्खेत का नागरिक हरुले पटकपटक विभिन्न दलका नेताहरुलाई चुनावमा भाेट दिएर जिताएका छन । बास्तबमा यसबेला जनताहरुले जनप्रतिनिधि हरुबाट अाफ्नाे टाेल काे बिकास काे अाशा गरेका छन । सांसद देखि मन्त्री सम्म जन्माएकाे पश्चिमी भुमिले बिकास गर्ने नेता जन्माउन सकेकाे छैन । जति पनि कामहरु भएका छन कतिपय अधुराे छन भने कुनै सम्पन्न भएका छन । चिया चाैक चाैतारामा जनताहरु जम्मा भएर यतिबेला पश्चिम मा जन्मिएका नेताहरुले गरेकाे बिकास काे हिसाव किताव जाेड घटाउ गुणन र भाग गरिरहेका छन । चुनाव जितेर गाउमै नफर्किने र सधै दैलाे दैलाेमा पुग्ने नेताहरुकाे बारेमा पनि टाेल टाेलमा कुरा गरिरहेका छन ।

जनताले पश्चिममा गाडि गुडाउदा धुलाे नउड्ने बाटाे, साझपख उज्यालोमा बसेर खाना खाने, बिद्यालयमा बर्षातमा नचुहिने छानाे, बिरामि हुदा घर नजिकै अाैषधि पसल, दैनिक अाठ घण्टा ब्यस्त भएर साझ परिवार पाल्न काे लागि १ छाक काे जाेहाे हुने काम, भनेकाे समयमा टाढा भएका अाफन्तकाे कुराकानी गर्ने संचार माध्यम, सिंहदरबार मा भएका गतिविधि एकैपटक हेर्न पाउने, बाझाे जमिनमा सजिलोसँग सिचाई गरि अन्न उत्पादन गर्ने र स्वच्छ पिउने पानी पिउने सपना देखेर बसेका छन । बिकास तब हुन्छ जब यी सपना पूरा हुन्छन् , नेता तब हुन्छन् जब यी सपना पूरा गर्न रात दिन खटिन्छन, जनता तब हुन्छन जब यी सपना पूरा गर्ने नेता जिताउछन ।

( उल्लेखित लेख लेखककाे ब्यक्तिगत निजी बिचार हुन )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close