राजनीति

कि प्रचण्ड हट्नुपर्छ कि म हट्छु : ओली

[mashshare]

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा आफूमाथि लगाइएका आरोप झुटो भएको बताएका छन । उनीमाथि लगाइएका आरोप सही भए आफुले अध्यक्ष पद छाड्ने भनेका छन । यदी आफूमाथि लगाइएका आरोप सही नभए कार्यकारी अध्यक्ष प्रचण्ड हट्नु पर्ने बताएका छन । 

 कार्यकारी अध्यक्ष प्रचण्डले पाँच जना सचिवालय सदस्यहरुको समेत समर्थन रहेको राजनीतिक प्रस्ताव नेकपा सचिवालय बैठकमा पेश गरेका थिए । ओलीले आफूप्रति तथ्यहीन, आधारहीन र पार्टी एकतामा गंभीर रूपमा आँच पुर्याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरू लगाइएको बताउँदै त्यसको खण्डनका लागि १० पन्ने जवाफ फर्काउने बताएका थिए । १० पन्नेमा के के लेख्ने भन्नेबारेमा ओलीले सचिवालय सदस्य ईश्वर पोखरेल, स्थायी समिति सदस्य शंकर पोखरेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग छलफल गरिसकेको स्रोतले बतायो ।

आफूलाई अध्यक्ष र प्रधानमन्त्री दुईवटै पदबाट हटाउने तयारी गरिएको भन्दै ओलीले, आफूले पनि कार्यकारी अध्यक्ष प्रचण्डलाई पदबाट हट्न भन्यो भने के हुन्छ  भनेर पनि प्रश्न गरेका छन् ।

अब दाहालसँग दुईवटा विकल्प छन्–

एक, दस दिनभित्र आफ्नो प्रस्ताव फिर्ता लिएर ओलीसँग मिल्ने र शिष्ट राजनीति गर्ने ।

दुई, शर्मनाक पराजय भोगेर कमण्डलु बोक्ने ।

वारपारको लडाइँमा उत्रिइसकेपछि सबै शक्ति र उपाय सबैले लगाउँछन् । अहिलेसम्म प्रचण्डले सम्भव भएसम्मका सबै हतियार प्रयोग गरिसकेका छन् । हरेक मोर्चामा प्रचण्डले पराजय मात्र भोगेका छन् । ओलीमाथि आक्रमणका हरेक प्रयासमा प्रचण्ड हारेका छन् र उनको शक्ति थप क्षयीकरण भएको छ । उनको राजनीतिक र नैतिक धरातल दिन प्रतिदिन कमजोर हुँदै गएको छ ।प्रचण्डको क्रमिक पराजयपछि स्वयं प्रचण्डनिकट नेता–कार्यकर्ता समेत ओलीतर्फ ढल्किन पुगेका छन् । प्रचण्डका विश्वासपात्रहरु पनि अब प्रचण्डसँग छैनन् । ओलीसँग लोली मिलाउन पुगिसकेका छन् ।

ओलीले आफूले प्रचण्डले आफूमाथि आरोप लगाएर सचिवालय बैठकमा पेस गरेको १९ पन्ने प्रतिवेदनको प्रतिवाद १० पन्नामा गर्ने पनि त्यही बताएका हुन् । र प्रतिवेदन मुख्यतया प्रचण्डको आरोपको खण्डनमा र प्रचण्डपट्टी लागेका वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदव गौतममाथि पनि प्रतिवाद गरेर लेख्नु पर्ने र त्यसको तयारी गर्न निर्देशन दिएका थिए । सचिवालय बैठक मंसिर १३ गते बस्ने सहमतिमा टुंगिएको थियो । त्यही बैठकमा ओलीले राजनीतिक प्रस्ताव पेश गर्ने सहमति हिजोको बैठकमा भएको थियो । नेकपाले केन्द्रीय समितिको बैठक मंसिर २५ गते र त्यसभन्दा अघि मंसिर १८ गते स्थायी समितिको बैठक बोलाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close