प्रदेशसमाचार

चौकुनेमा भुमिहिन दलित किसान संघ गठन ।

[mashshare]

सुर्खेतको चौकुने गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को भातृ संगठन अखिल नेपाल किसान महासंघको घटक संगठन भुमिहिन दलित किसान संघ गठन भएको छ । बिहिवार चौकुनेको गुटुमा आयोजित कार्यक्रममा रतन बि.कको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा पद्मा बिक, सचीवमा गणेश बिक, सह- सचीवमा डम्बरसिं कामी, र काेषाध्यक्षमा मोति बिक चयन भएका छ्न । कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य तथा सुर्खेत इन्चार्ज धिरबहादुर शाहिले भुमिहिन दलित किसानहरुलाई सहयोग पुर्याउन यसको गठन आवश्यक रहेको बताउनु भयो ।

चौकुने गाउँपालिका भित्र रहेका सबै भुमिहिन दलित किसानहरुलाई एकीकृत गरि कृषि र रोजगारीको सिर्जना गर्न आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले गाउँपालिका भित्र रहेका भुमिहिन दलित किसानहरुको तथ्यांक संकलन गरि हात- हातमा पुर्जा दिई भुमीको मालिक बनाउने गरि काम अगाडि बढाउन लागेको समेत बताउनु भयो । यस्तै नेकपा जिल्ला कमिटी सुर्खेतका सदस्य इन्द्र प्रसाद ढकालले अशली भुमिहिन दलित किसानहरुको पहिचान गरि आवस्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा जिल्ला पशुपालन संघका सह- संयोजक कमल जि.सि., भुमिहिन दलित किसान संघका जिल्ला अध्यक्ष इन्द्र बहादुर सोनि, नेकपा चौकुने कार्यालय सदस्य शंकर कामी लगाएतले आ-आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रम अखिल नेपाल किसान महासंघ चौकुनेका अध्यक्ष निर्मला मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close