राजनीति

साझा पार्टी कर्णालीको सरकारसंग माग

[mashshare]

खाद्यान्न माफियातन्त्र निर्मूल पार्न साझा पार्टी कर्णालीले सरकारसंग माग राखेको छ । साझा पार्टीले मुगुको लागि आएको चामल भक्तपुर पठाउने खाद्यान्न माफियालाई  कारबाहीको माग गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

मंसिर ४ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै कर्णालीमा लामो समयदेखि सञ्चालित खाद्यान्न माफियातन्त्र निर्मूल पार्न साझा पार्टीले सरकारको ध्यानाकर्षण गराएको हो ।

खाद्यान्न माफियालाई तत्काल कारवाही गर्न माग गर्दै पार्टीका कर्णाली  संयोजक गेहेन्द्रप्रसाद दाहालको नेतृत्वमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पाँच बुँदे ध्यानाकर्षण पत्र  समेत बुझाइएको छ ।

सरोकारवाला निकाय मौन हुँदा कर्णालीका लागि सुरक्षित राखिएको खाद्यान्न अन्तै पुगेको भन्दै संयोजक दाहालले सरकारलाई दबाब दिन आफुहरु बाध्य भएको बताउनु भयो  ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका ढुवानीकर्ता बासुदेव शर्माले मुगुको कालै बिक्री केन्द्रमा पठाउनको लागि असोज अन्तिम साता कम्पनीको डिपोबाट उठाएका  २ सय ५० क्विन्टल चामल भक्तपुर पठाउँदै गर्दा सुर्खेत प्रहरीले सुब्बाकुनाबाट कात्तिक १३ गते नियन्त्रणमा लिएको थियो । चामलसहितको ट्रक नियन्त्रणमा लिएको केही दिनपछि प्रहरीले शर्मालाई नियन्त्रणमा लिइ एक सातामै कार्तिक २४ गते थुनामुक्त गरेको थियो ।

एकजनामाथि कारबाही गरि हजारौं जनालाई न्याय हुने भन्दै संयोजक दाहालले पूर्ण निष्पक्ष ढंगले खाद्यान्न माफियाबारे अनुसन्धान गरि विधिको शासन अन्तर्गत कडाभन्दा कडा कारबाही गर्न सरकारसंग माग राखेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close