समाचार

पञ्चपुरीमा खानेपानी आयोजनाको अध्यक्ष चयनका लागि निर्वाचन हुदै ।

[mashshare]

पटकपटक सहमति को प्रयास गर्दा पनि सहमति हुन नसक्दा सुर्खेतको पञ्चपुरी ८ मा खानेपानी आयोजना को समिति छनौटका लागि चुनाव हुने भएको छ । आज बसेको भेलाले मंसिर १९ गते चुनावी प्रकृया बाट कार्यसमिति चयन गर्ने जनाएको छ । पञ्चपुरी नगरपालिका ८ मा बिगत १४ महिना देखि खानेपानी समिति नेतृत्व बिहिन हुदा खानेपानी समस्या झन बिकराल बन्दै गएको छ । दुलालथाई माझिगाउ चुनेरीताल खानेपानी उपभोक्ता समितिले गत बर्षको असोज ४ गते राजिनामा दिएपछि अहिले खानेपानी आयोजना अलपत्र अवस्थामा पुगेको छ ।

२०३७ सालमा निर्माण भएको खानेपानी आयोजना मा करिब १ सय भन्दा बढि धारा हरु निर्माण गरिएका छन । सान्नेको मुहान देखि सुरु भएको खानेपानी आयोजनाको मर्मत सम्भार नहुदा उपभोक्ताहरु प्रत्यक्ष मारमा परेका छन । तत्कालीन खानेपानी अध्यक्ष थानिप्रसाद घिमिरे ले राजिनामा दिएपछि पटकपटक नया समिति गठनका लागि प्रयास गर्दा पनि राजनीतिक भागबन्डा कै कारण समिति गठन हुन ढिलाइ भएको हो ।
सहमति का लागि अध्यक्ष का प्रत्यासी ललित सुनार र डिलबहादुर बिसी बिच पटक पटक सहमति जुटाउन पहल गरिदा पनि सहमति नहुदा अहिले वडा कार्यालय ले खानेपानी को जिम्मा लिएको छ । मुहान खरिदका लागि प्रत्येक घरबाट ३ हजारका दरले रकम जम्मा गरि संचालन गरिएको खानेपानी आयोजनामा करिब ५ सय भन्दा बढि उपभोक्ता हरु रहेका छन । चुनेरिताल, माझिगाउ र दुलालथाई का विभिन्न धाराहरु जिर्ण हुदा समयमै धारामा पानी नआउने भएको हुदा नजिकै को खोला र छिमेकी को कुवामा गएर पानी ल्याउने गरेको स्थानीय उपभोक्ताले दुखेसो पोखेका छन । खानेपानी ट्याङ्की निर्माण र पाईप बिछ्याउने काम भएको र धारामा पानी नआउदा स्थानीय नागरिक को बिकासमा चासो नभए सम्म बजेटले मात्रै केही नहुने समेत महसुस गरेको वडा अध्यक्ष भक्तिप्रसाद पौडेलले बताउनुभयो । खानेपानी को सेवा क्षेत्र भित्र का बिद्यालय मा पनि खानेपानी समस्या देखिएको छ ।
चुनावमा नेपाली काङ्ग्रेसका तर्फबाट अध्यक्ष पदका लागि ललित सुनार र नेकपाको तर्फबाट डिलबहादुर बिसि बिच प्रतिस्पर्धा हुने पक्का भएको हो । आजको भेलाले ३ सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ । निर्वाचन जनजागृत आधारभुत बिद्यालय दुलालथाईमा बिहान १० बजे देखि ४ बजेसम्म हुने भेलाले निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close