प्रदेशसमाचार

चौकुनेमा यसै वर्ष भित्र लालपुर्जा बाड्ने आयोगका अध्यक्ष ज्ञवालीको भनाइ,

[mashshare]

शनिबार चौकुने गाउँपालिकामा भएको कार्यक्रममा आयोगका अध्यक्ष देबि ज्ञवालीले आगामी आर्थिक वर्ष भित्र चौकुनेमा भुमी सम्बन्धि समस्या समाधान गर्ने गरि काम भैइरहेको बताउनु भयो । चौकुने गाउँपालिकामा भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अवस्थित बसोबासलाई प्रक्रिया मिलाएर जग्गाधनीहरुलाई लालपुर्जा वितरण गरिने जानकारी दिनु भयो । राजनैतिक अस्थिरका कारण ७० वर्षपछि भुमी सम्बन्धि सबै समस्याहरु समाधान हुने गरि ऎन, कानुन बनेकोले आगामी ३ वर्ष भित्र देश भरीका भुमी सम्बन्धि समस्या समाधान गर्न आयोगले तयारी गरेको समेत बताउनु भयो । शुरुमा आयोगले परिक्षणको लागि देशभरीका १४ वटा स्थानीय तहमा काम गर्न लागेको र कर्णाली प्रदेशमा सुर्खेतका दुई वटा स्थानीय तह मध्ये गुर्भाकोट नगरपालिका र चौकुने गाउँपालिकामा आयोगले काम शुरु गर्न लागेको हो ।

कार्यक्रममा नेपाल सरकारका सह सचिव लिला प्रसाद शर्माले भुमी सम्बन्धि समस्या समाधानहरुको बारेमा प्रष्ट पार्नु भयो । कार्यक्रममा नेकपा सुर्खेतका कार्यलय सदस्य मोहनसिं बडुवालले चौकुने गाउँपालिकामा रहेका भुमिहिन सुकुम्बासीहरुलाई भुमिको मालिक बनाउने गरि आयोगले काम अगाडि बढाउन लागेकोले समयमै लागत संकलन गरि लालपुर्जा वितरण कार्यमा सहभागी हुन चौकुने बासीहरुलाई आह्वान गर्नु भयो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले आगामी आर्थिक वर्ष भित्र चौकुनेका बासिन्दाहरुको हात-हातमा पुर्जा पुर्याउने गरि काम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । तीन महिना भित्र लागत संकलन गरेर सक्ने गरि कर्मचारी व्यवस्थापन गर्ने र आफुहरु १८ घण्टा खट्न तयार रहेको बताउनु भयो । कार्यक्रममा आयोगका उप सचिब राजेन्द्र अर्याल, आयोगका नायब सुब्बा सुमन पौडेल, चौकुने गाउँपालिकाका कार्यपालिका सदस्य, वडा, सदस्य, बुद्धिजीवी लगाएत १५० जना भन्दाको सहभागीता रहेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला मगरले स्वागत मन्तव्य राख्नु भएको थियो भने, कार्यक्रम गाउँपालिकाका नि. प्रमुख प्रसासकिय अधिकृत टेकेन्द्र बुढाले संचालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close