प्रदेशसमाचार

वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि. को सेवाकेन्द्र भेला बाबियाचाैरमा सम्पन्न

वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि. वीरेन्द्रनगर सुर्खेतकाे १९ अाै साधारणसभा का लागि सेवा केन्द्र बाबियाचाैरकाे भेला अाज बाबियाचाैरमा सम्पन्न भएको छ । जिल्ला भर ८ अाेटा सेवा केन्द्र संचालन गरेकाे सहकारीकाे बाबियाचाैरमा १ हजार ६ सय ३९ जना शेयर सदस्य रहेका छन । समुदायमा अाधारित दिगाे, उत्कृष्ट र ब्यवसायीक साकाेस काे परिकल्पना सहित स्थापना भएको सहकारीले सदस्यहरुलाई सक्षम बनाई समुदायकाे पहिलाे राेजाइकाे संस्था बनाउने याेजना लिएको छ ।

भेला काे उद्घाटन गर्दै पञ्चपुरी नगरपालिका का उप प्रमुख मुक्ति रेग्मीले सहकारी सबै शेयर सदस्य काे भएको हुदा ईमानदारीता सबैमा हुन अाबश्यक रहेकाे बताउनुभएको छ । नगरपालिका ले सहकारीको बिकासका लागि विभिन्न कार्यक्रम गर्दै अाएकाे र अाबश्यक सहयाेग र सहजिकरणका लागि प्रतिबद्ध रहेको समेत बताउनुभयो । कार्यक्रम संस्थाका अध्यक्ष बमबहादुर बिसिकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close