प्रदेश

स्थानीय निकायकाे नजरमा परेन चाैकुनेकाे बासुधारा ।

[mashshare]

चाैकुने गाउपालिका काे वडा नं ४ मा रहेकाे बासुधाराले अहिले अान्तरिक पर्यटक काे मन लाेभ्याउन थालेकाे छ । वडा नं ४ बिजाैरा बजारदेखि उत्तरमा रहेकाे बासुधारामा दैनिक ५० भन्दा बढि अान्तरिक पर्यटकहरु घुम्न अाउने गरेकाे स्थानीय काे भनाइ रहेकाे छ । करिव १ सय मिटर भन्दा अग्लाे रहेकाे छहरामा अहिले पर्यटकहरु फाेटाे खिच्न र पिक्निक जाने गरेका छन । पर्यटककाे राेजाईमा रहेकाे बासुधारामा भने स्थानीय निकायकाे नजर पुग्न सकेकाे छैन । झरना सम्म पुग्नकाे लागि सजिलोसँग बाटाे सम्म पुगेकाे छैन ।

बाटाे पुगेकाे ठाउदेखि करिब २० मिनेट पैदल दुरी बासुधारा रहेकाे छ । यता वडा नं ४ का अध्यक्ष नमराज जैशीले गाउपालिका र वडा बाट कुनै पनि बजेट बिनियाेजन नभएको र प्रधानमन्त्री राेजगार कार्यक्रम मार्फतकाे ३ लाख रुपैयाँले यसै अार्थिक बर्षमा झरना सम्म पुग्नकाे लागि ढुङ्गाकाे सिढि बनाउने याेजना रहेकाे बताउनुभयो । विभिन्न निकाय संग बजेटकाे लागि पहल भएको र बजेट प्राप्त भएमा प्रतिक्षालयकाे स्थापना गर्ने जैशीकाे भनाइ रहेकाे छ । संरक्षण, सरसफाइ गर्ने पानिकाे मुहान संरक्षण र अार्थिक अाम्दानिका लागि याेजनाका बनाएमा थप सहयाेग हुने स्थानीय बताउँछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close