राजनीति

क्षेत्र नं २ को सभापतिमा रावलको अग्रता कायमै,

नेपाली काङ्ग्रेस सुर्खेत निर्वाचन क्षेत्र नं २ को मतगणना चलिरहदा इन्द्र रावलको अग्रता कायमै रहेको छ ।

७ सय मत गणना हुदा सभापतिका उम्मेदवार रावलको ४ सय १९ मत प्राप्त भएको छ भने ललित भट्टराइको २ सय ३८ मत प्राप्त भएको छ । त्यस्तै सचिवमा कृष्ण भण्डारी २ सय ३७, दिलिपकुमार वाग्ले ४ सय ३८, पदमबहादुर रावत २ सय २१ र बलबहादुर बिष्टले ४ सय ४७ मत प्राप्त गरेका छन ।

त्यसैगरी सह सचिवमा गगन बहादुर नेपाली ४२९, थीरबहादुर सिजापती २३७, लोकबहादुर थापा २३३ र शेरबहादुर अधिकारीले ४ सय ३६ मत प्राप्त गरेका छन ।

जम्मा ८ सय ६७ मतदाता रहेको केन्द्रमा ८ सय २४ जनाले मतदान गरेको र अब १ सय २४ मत गणना हुन बाकी रहेको निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close