प्रदेशसमाज

पञ्चपुरीमा राेकिएकाे कालाेपत्रेकाे काम अझै सुरु भएन,थुपारिएकाे ग्राबेलले दुर्घटनाको जाेखिम,

[mashshare]

सुर्खेत पञ्चपुरी काे बाबियाचाैरमा सुरु गरिएको कालाेपत्रेकाे काम समयमै सम्पन्न नहुदा बाबियाचाैर बजारमा यात्रुहरु लाई हिडडुल गर्न थप समस्या सृजना भएको छ । गत बर्ष पञ्चपुरी नगरपालिका ले पञ्चपुरी २ पलैटेकाे बाटाे कालाेपत्रे गरे संगै याे बर्ष बाबियाचाैर मा काम सुरु गरेको हाे। तर जुन गतिमा कामअघि बढ्नुपर्ने हाे त्याे हुन सकेको छैन । नगरपालिका ले बाबियाचाैरकाे करिब १२६७ मिटर कालाेपत्रे गर्न लागेकाे हाे । हाम्रो – पन्त जे.भि ले जिम्मा लिएकाे काम काे अहिले बाबियाचाैर बजारमा सडककाे अाधा नालि मात्रै निर्माण गरिएको छ । सडकमा ग्राबेलका लागि थुपारेकाे बालुवा गिट्टीले सडक झन साघुराे बनाएकाे स्थानीय गुनासाे छ ।

मंसिर सम्म काम सक्ने भनिएता पनि काम गर्ने ठेकेदारले अहिले सम्म काम पुन सुरु गरेका छैनन । पञ्चपुरी नगरपालिकाले छिटो कालाेपत्रे गर्नकाे लागि बेला बेला ठेकेदारलाई ताकेता गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माेहन बहादुर बुढाले बताउनुभयाे । नागरिक काे समस्या लाई मध्यनजर गर्दै छिटो कामकाे सुरुवात गर्ने र चैत भित्र कालाेपत्रे गरिसक्ने उहाले बताउनुभयाे । नगगरपालिकाले काम छिटो अगाडि बढाउनकाे लागि बाटाेका बिधुतका पाेल हटाउन अाग्रह समेत गरेकाे छ । तर बाबियाचाैर लघुजलबिधुत सहकारीले यसकाे समाधानका लागि नगरपालिकाले पाेल गाड्ने ठाउकाे बिकल्प दिन नगरपालिकालाई अाग्रह समेत गरेको छ । गत अार्थिक बर्षमा ठेक्का दिएकाे काममा प्रदेश सरकारले २४ लाख बजेट उपलब्ध गराएकाे र यस बर्ष सबै नगरपालिकाले ब्यहाेर्ने भएको छ ।

कालाेपत्रेकाे सपना देखेर बसेका नागरिकहरुलाई अझैपनि धुलाे मै हिड्नुपर्ने र गाडि गुडाउनुपरेकाे छ । नगरपालिकाकाे केन्द्र मा रहेकाे बाटाेकाे काम नै ढिला सुस्त हुनुले नागरिक मा नैराश्यता समेत सृजना भएको छ । २ कराेड ८० लाख काे लागतमा बन्ने बाटाे १८ मिटर चाैडा हुनेभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close