समाचारसमाज

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि पञ्चपुरीमा पनि सुरु,

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात भएको दिनको अवसरमा पञ्चपुरीमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

नगरपालिकाको आयोजनामा आज बाबियाचौरमा सचेतनामुलक ¥याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । आवाज, एकता, सुन्दर नेपाल, युएसए आइडी, स्याक, महिला सञ्जाल लगाएतका संस्थाको सहयोग तथा इलाका प्रहरी कार्यालय बाबियाचौरको समन्वयमा कार्यक्रम गरिएको हो ।


नगरपालिकाले अभियान अबधिभर प्रत्येक वडामा बिभिन्न सचेतनामुलक कार्यक्रम तथा अन्तरक्रिया गर्ने भएको छ । महिलामाथि हुने हुने हिंसा अन्त्यका लागि हस्ताक्षर अभियान समेत संचालन गरिएको छ ।

यस वर्षको नारा ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने तय गरिएको छ । यो दिवस हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाउने गरिन्छ ।

महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न र परिवर्तित सन्दर्भमा जननिर्वाचित संस्थाहरुमा महिलाहरुको उल्लेख्य सहभागिता सहित राजनीतिमा महिलाको सशक्तिकरणलाई तीव्रता गराउन यो अभियान हुने गरेको छ ।

बोक्सीको आरोप, छाउपडी, दाइजो, छुवाछुत जस्ता कुप्रथाका कारण अहिले पनि महिला र बालबालिका विभिन्न हिंसा भोग्न बाध्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close