समाचार

हाम्रो कृषि सहकारीले दूध बेच्न थाल्याे,

[mashshare]

सुर्खेत काे पञ्चपुरीमा रहेकाे हाम्राे कृषि तथा पशुपालन सहकारी संस्था बाबियाचाैरले दुग्ध डेरी संचालनमा ल्याएकाे छ । कृषक हरुकाे अाय अार्जन बढाउन काे लागि र पशुपालन गर्ने कृषककाे प्राेत्साहन गर्न डेरी संचालनमा अाएकाे हाे । सहकारी ले पञ्चपुरी ५ र ६ वडा बाट करिव १ सय लिटर र पञ्चपुरी ३ बाट १ सय लिटर गरि जम्मा २ सय लिटर दैनिक सुर्खेतकाे वीरेन्द्रनगर पठाउने गरेकाे छ । सहकारी ले कृषकहरुबाट ९ रुपैयाँ प्रति फ्याटकाे अाधारमा रकम भुक्तानी दिने गरेकाे छ । कृषकहरुलाई हरेक १५ दिनमा एकमुष्ट दिने गरेकाे सहकारी का सचिव टिकाराम खरालले जानकारी दिनुभयाे ।

साथै खरेलले दूध उत्पादन धेरै हुने गरेकाे र बाबियाचाैर बजारमा कम खपत हुने भएको हुदा सुरु सुरुमा सदरमुकाममा दूध पठाउनुपरेकाे समेत उहाले बताउनुभयो । सहकारीले किसानहरुलाई भैसिपालन गर्नकाे लागि सहुलियतरुपमा ऋण समेत दिने गरेकाे छ । कृषक हरुका लागि सहकारीले १ महिना अगाडि देखि मल बीउ र कृषि अाैजार दैनिक उपभाेग्य खाध्यबस्तु बिक्रीका लागि सुपथ मूल्य पसल समेत संचालन मा ल्याएकाे छ । सहकारीले ८ बिघाहमा तरकारी खेति संचालन गरेर बजार सम्म पुर्‍याउन का लागि गाडि समेत खरिद गरेकाे छ ।सहकारीमा हाल ५ सय भन्दा धेरै शेयर सदस्य रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close