राजनीतिसमाचार

नेपाली काँग्रेस सुर्खेतको सभापतिमा खड्क पोखरेलको एकल उम्मेदवारी,

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत सुर्खेत जिल्ला सभापतिमा खड्क पोखरेलकाे एकल उम्मेद्वारी दर्ता भएकाे छ । नेपाली काँग्रेसको जिल्ला कार्यसमितिमा पोखरेल सहित बाँकी पदाधिकारीहरुमा पनि उम्मेद्वारी दर्ता भएको छ ।

सोही पक्षबाट उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदिप कँडेलले उम्मेदवारी दर्ता गराएका छन् । सह–सचिवमा हरि विष्ट र प्रकाश डिसीको नाम टुंगिएको संस्थापन पक्षले जनाएको छ । यदपी विष्टले भने असन्तुष्टि जनाएका छन् ।

रामचन्द्र पौडेल पक्षबाट भने सभापतिमा उम्मेदवारी दर्ता गराएको छैन् । महाधिवेशन प्रतिनिधिमा पाैडेल पक्षलाइ संस्थापन पक्षले क्लीनस्पीप गरेपछि सभापति बाहेकका पदमा उम्मेदवारी दर्ता गराएको छ । उप सभापतिमा टेकबहादुर सिंह र शोभा शर्मा, सचिवमा अनन्त पौडेल र जनकबहादुर रावल तथा सहसचिवमा भिमबहादुर शाही र लोकबहादुर पन्तले उम्मेदवारी दर्ता गराएका छन् । बाँकी सदस्य पदमा पनि दुवै पक्षले उम्मेद्वारी दर्ता गराएका छन् ।

मनोयन दर्ता समय अहिले साँझ ५ बजेदेखी राती ८ बजेसम्म समय तोकिएको छ । उम्मेदवारको नामावली राती ८ः३० बजे प्रकाशन गर्ने, दावी विरोध आजै राती साढे ८ बजेदेखी साढे ९ बजेसम्म, मनोनय फिर्ता भोली विहान ६ बजेदेखी सात बजेसम्म र उम्मेदवारको अन्तिम नामावली भोली विहान साढे ७ बजे प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close