चौकुनेमा १५ शैयाको अस्पताल उद्घाटन

सुर्खेतको चौकुनेमा १५ शैय्या अस्पतालको उद्घाटन तथा भवनको शिलान्यास गरिएको छ ।शनिबार नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले अस्पताल सेवा उद्घाटन र भवनको शिलान्यास गरेका हुन् । बिजौरामा अस्पताल बनेपछि भने यहाँका नागरिकलाई स्वास्थ्य सेवा सुलभ हुनेछ । हरेक स्थानीय तहमा ५ देखि १५ शैय्याको अस्पताल बनाउने सरकारको योजना अनुसार चौकुने गाउँपालिकामा १५ शैय्याको अस्पताल शिलान्यास गरिएको छ । अस्पताल शिलान्यास कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले वर्तमान सरकार नागरिको स्वास्थ्यप्रति गम्भिरतापूर्वक लागेको बताए । पार्टिले निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुसार एक पालिका एक अस्पताल निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको उनले बताए

कार्यक्रममा नेकपा का जिल्ला कमिटी सदस्य माेहन बडुवाल ले पछाडि परेकाे चाैकुनेमा १५ शैयाकाे अस्पताल निर्माणकाे थालनी हुनु गर्वकाे कुरा भएको र यसबाट चाैकुने का नागरिक काे स्वास्थ्य सेवामा पहुच पुग्ने बिस्वास ब्यक्त गरेकाे बताए । त्यसैगरी नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य गजराज जाेशीले शिलान्यास गर्नु मात्रै ठुलाे कुरा नभई यसकाे काम सम्पन्न हुनु ठुलाे कुरा भएको र भेरी कर्णाली अस्पताल भन्दा पनि चाैकुने अस्पताल काे नामाकरण गरिनुपर्ने सुझाव दिए ।

राष्ट्रियसभा सदस्य नन्द चपाइले अस्पताल निर्माणले सामान्य उपचारका लागि पश्चिमबासीहरु वीरेन्द्रनगर जानुपर्ने बाध्यताको अन्त्य हुने बताइन् । उनले स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता भएकाले सरकारले प्राथमिकता दिएको बताइन् । जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देलले स्वास्थ्य शिक्षा जस्ता विकासले पश्चिमको मुहार फेरिने बताए । चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले भवन बन्दै गर्दा अस्थाइ रुपमा भवन भाडामा लिएर अस्पताल सेवा सुरु गरिने बताए । जसका लागि दश लाख रुपैयाँ प्राप्त भैसकेको बताए उनले बताए ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगनसिंह पाण्डेले चौकुने गाउँपालिकामा हाल दैनिक साढे दुई सय बिरामी विभिन्न स्वास्थ्य संस्थामा आउने गरेको बताए । उनका अनुसार हाल चौकुनेमा पाँच वटा स्वास्थ्य चौकी पाँच वटा स्वास्थ्य पाँच वटा आधारभूत स्वास्थ्य केन्द्र र पाँच वटा सामुदायिक स्वास्थ्य एकाइ छन् । तर अस्पताल नुहँदा सामान्य एक्सरे, जटिल प्रसुती, असिक्जन लगाउनुपर्ने जस्ता बिरामीहरु वीरेन्द्रनर जानुपर्ने बाध्यता रहेको बताए ।
