खेलकुद

वडा स्तरीय भलिबलको उपाधी पञ्चपुरी १० गल्फा लाई,

एम बि एस सि स्पाेर्टस क्लव पञ्चपुरी २ पलैटे काे अायाेजनामा भएको वडा स्तरीय भलिबल प्रतियोगिताकाे अाज समापन गरिएको छ । पञ्चपुरी, बराहताल, चाैकुने गाउपालिका मा गरी जम्मा १६ टिमको सहभागीता रहेकाे भलिबल खेलकाे भुपु सैनिक पलैटेले सहयोग गरेकाे हाे । ३ दिन सम्म संचालन भएको खेलमा पञ्चपुरी वडा १० गल्फाले उपाधी जितेको छ ।

फाइनलमा पुगेकाे पञ्चपुरी वडा नं ६ बाबियाचाैर र वडा नं १० गल्फा बिचकाे खेलमा गल्फा ले ३ अाेटा खेल जितेकाे हाे । खेलमा बाबियाचाैर दाेस्राे र पञ्चपुरी ११ तेस्राे भएको छ । खेलमा प्रथम हुनेलाई खसी प्रमाणपत्र, दाेस्राे र तेस्रो लाई उचित पुरुस्कार तथा प्रमाणपत्रको ब्यबस्था प्रदान गरिएको अायाेजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close