समाचार

माेहन्यालका गाउपालिका अध्यक्ष सहित १६ जनामा काेराेना संक्रमण

माेहन्याल गाउपालिकामा अध्यक्ष देखि कर्मचारीमा काेराेना संक्रमण देखिएकाे छ । प्रमुख प्रशासकीय अधिकृतलाई काेराेना संक्रमण पुष्टि भए पछि कन्ट्याक्ट् ट्रेडिङ का अाधारमा ६५ जना काे पिसिअार परिक्षण गरिएको थियोे । जसमध्ये १६ जनालाइ काेराेना पुष्टि भएको हाे । माेहन्यालका रमेश सापकाेटा का अनुसार काेराेना पुष्टि हुनेमा गाउपालिका अध्यक्ष, वडा अध्यक्ष, शिक्षक, स्वास्थ्यकर्मि, ड्राइभर, निजि सचिव समेत रहेका छन । संक्रमितलाई वडा नं ३ काे स्वास्थ्य चाैकिमा अाईसाेलेसन तयार गरेर राखिएको र गाउपालिका अध्यक्ष लाई टिकापुर अाईसाेलेसनमा राखिएको प्रेस सल्लाहकार लिलाजंग शाहीले जानकारी दिनुभएको छ ।

यता मोहन्याल गाउपालिका वडा नम्बर ७ काे वडा कार्यालय कुइने ७ दिन सम्मका लागि शिल गरिएको छ । वडा कार्यालयमा कार्यरत कृषि प्राबिधिकलाई कोरोना परिक्षण मा पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि अन्य कर्मचारी हरुलाइ पनि संक्रमण हुने सक्ने भएकोले वडा कार्यलय बाट प्रदान गरिने सबै सेवा बन्द गरिएको वडा सचिव अनिल बिक्रम सिहले जानकारी दिनु भएको छ । काेराेना जाेखिमबाट वच्न सबैलाई सचेत हुन गाउपालिकाले अाग्रह गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close