समाचारसमाज

पञ्चपुरीमा बन्ने भयो १५ शैय्या को अस्पताल,

[mashshare]

पञ्चपुरी नगरपालिकामा १५ शैय्याको अस्पताल भवनको आज शिलान्यास गरिएको छ । वडा नं २ पलैटेमा १५ शैय्याको अस्पतालको उद्घाटन तथा भवनको शिलान्यास गरिएको हो । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले अस्पताल सेवा उद्घाटन र भवनको शिलान्यास गर्नुभयको छ । कार्यक्रममा बोल्दै राज्यमन्त्री रावतले स्वास्थ्य क्षेत्रमा परिवर्तन गर्ने वर्तमान सरकारको योजना रहेको बताउनुभएको छ । हरेक स्थानीय तहमा ५ देखि १५ शैय्याको अस्पताल बनाउने सरकारको योजना अनुसार पञ्चपुरी नगरपालिकामा पनि १५ शैय्याको अस्पताल शिलान्यास गरिएको हो ।

१८ करोड को लागतमा निर्माण हुन लागेको अस्पताल २ बर्षमा सम्पन्न हुने बताईएको छ । कार्यक्रम मा बोल्दै पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र बहादुर थापाले पलैटेलाई स्वास्थ्य केन्द्र, बिध्यापुर लाई शैक्षिक केन्द्र र बाबियाचौर लाई प्रशासनिक केन्द्रका रुपमा बिकास गर्ने बताउनु भयको छ । कार्यक्रममा नगर प्रमुख थापाले स्वास्थ मन्त्री रावत लाई स्वास्थ का विभिन्न समस्या समाधानको लागि ज्ञापन पत्र समेत बुझाउनुभएको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै राष्ट्रियसभा सदस्य नन्दा शर्माले नागरिक स्वस्थ नभई समृद्धि नहुने भन्दै सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुनै सरकार नागरिकको स्वास्थ्यप्रति गम्भिर छ भन्ने कुरा प्रमाणित हुने बताउनुभयो । कर्णाली प्रदेशसभा सदस्य बिन्दमान बिष्टले सरकार समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार पार्न अग्रसर रहेको र स्थानीय तहमा अस्पताल बनाउने निर्णयले त्यसमा टेवा पुगेको बताउनुभयो ।

त्यस्तै कर्णाली प्रदेश सभा सदस्य यज्ञबहादुर विसीले अस्पतालको सेवाका लागि जनशक्ति व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्द्धेलले सबैको समन्वयमा पश्चिम सुर्खेतको विकास गर्नुपर्ने बताउनुभयको छ ।

कार्यक्रम मा बोल्दै प्राथमिक स्वास्थ्य केन्द पलैटेका डाक्टर असिम महतले १५ शैय्याको अस्पताल कागज र ब्यानरमा मात्र नभई अस्पतालमा आवश्यक जनशक्ति, आवश्यक उपकरण, र आवश्यक औषधिको पनि ब्यबस्था गर्नुपर्नेमा जोड दिनुभएको छ । डाक्टर महतले अहिले पनि प्राथमिक स्वास्थ्य केन्द्र सालकोट मा जनशक्ती अभाव भएको बताउनुभयको छ । कार्यक्रम मा पञ्चपुरी नगरपालिकाकि उप- प्रमुख मुक्ति रेग्मीले स्वागत मन्तब्य राख्नुभएको थियो भने पञ्चपुरी नगरपालिका वडा नं २ का अध्यक्ष जगत बि सि को अध्यक्षतामा समापन भयको हो ।

यससंगै सुर्खेत निर्वाचन क्षेत्र नं. २ का चारवटै स्थानीय तहमा १५ शैय्याका अस्पतालको शिलान्यास गरिएको छ । स्वास्थ्य राज्यमन्त्री रावतको उपस्थितिमा वीरेन्द्रनगरको लाटिकोइली, बराहतालको बड्डीचौर, पञ्चपुरीको सालकोट र चौकुनेको बिजौरामा अस्पतालको शिलान्यास गरिएको हो ।पञ्चपुरी नगरपालिकाले यस अघि नगरपालिकाकै आर्थिक स्रोत मा नगरपालिकाका विभिन्न ठाउमा स्वास्थ्य ईकाई सन्चालनमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close