समाचार

खमारीखाेलाकाे चुनावी साधारणसभा सम्पन्न

[mashshare]

खमारी खाेला लघुजलबिधुत अायाेजना बाबियाचाैरकाे तेस्रो साधारणसभा अाज बाबियाचाैरमा सम्पन्न भएको छ । अायाेजनाले अा.ब.२०७६/०७७ काे ९२ लाख ३१ हजार ५३ रुपैयाँको अायव्यय अायाेजनाका काेषाध्यक्ष चन्द्र कठायतले प्रस्तुत गर्नुभएको छ । साधारणसभा काे उद्घाटन गर्दै पञ्चपुरी नगरपालिकामा प्रमुख उपेन्द्र बहादुर थापाले अायाेजना सफल बनाउन सबैले गरेकाे सहयोग काे धन्यावाद समेत दिनुभएको छ । समितिकाे २ बर्षकाे कार्यकाल पूरा भए संगै नया कार्यसमिति गठनका लागि अभ्यास सुरु गरिएको छ ।

निर्वाचन समितिले मंसिर १६ गते नामावली प्रकाशन गर्ने, मंसिर १७ गते नामावली माथि दावि बिराेध र २१ गते उम्मेदवार काे मनाेनयन दर्ताको लागि कार्यतालिका बनाएकाे छ । मनाेनयन दर्ता पछि चुनाव चिन्ह र निर्वाचन काे लागि तयारी अगाडि बढाउने समितिले जनाएको छ ।

नया समिति सहमति बाट नभएमा निर्वाचनको प्रकृयामा जाने भएको हाे । साधारणसभामा ३ सदस्यीय निर्वाचन समिति समेत गठन गरिएको छ । कमलेश्वरी यादव काे संयाेजक रहेकाे समिति मा कृष्णबहादुर बिसि र लाेकबहादुर बुढालाइ सदस्य मा चयन गरिएको छ । साधारणसभामा टाेपबहादुर रावत, लालबिर भण्डारी, कृपाराम थापा, नरेन्द्र शाहि, मनबहादुर कामी, ईन्द्रबहादुर रावल, खड्कबहादुर थापा लगाएतले साधारणसभा काे सफलताको शुभकामना ब्यक्त गर्नुभएको छ । अायाेजनावाट बाबियाचाैरका करिव १ हजार घरधुरीले बत्ती उपयोग गर्दै अाएका छन ।कार्यक्रम जीवन ढुङ्गानाकाे अध्यक्षतामा भएको हाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close