समाचार

पञ्चपुरीमा अवैध काठसहित दुई जना पक्राउ

[mashshare]

इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतका प्रहरी निरिक्षक बखत बहादुर शाहीको नेतृत्वमा खटिएको टोलीले सोमवार अवैध काठसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अवैध चिरान काठ ओसारपसार गर्ने एक जना र गाडी चालकलाई प्रक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट नौ फिटको ४५ थान र सात फिटको २६ थान सालको कडी बरामत गरेको छ । पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका ९ बस्ने ३५ वर्षीय ओम प्रकाश भुसाल र गाडी चालक २७ वर्षका शुरेस नेपाल रहेका छन् । पञ्चपुरी नगरपालिका वडा नम्बर ९ खेतुबाट क. प्र. ०२००१ त. ००९४ नम्बरको ट्याकटरमा अवैध काठ ओसारपसार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा उनीहरुलाई फेला पारिएको प्रहरीले जनाएको छ ।

बरामत गरेको काठ र पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि चौकुने गाउँपालिका सव वन डिभिजन कार्यालयका फरिस्टर कुम्भराज मल्लको जिम्मा लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close