
अछाम । जिल्लाको पूर्वी क्षेत्रमा रहेको पञ्चदेवल बिनायक नगरपालिकाका प्रमुखलाई कोरोना संक्रमण भएको छ ।
जिल्लाको कमलबजार पिसिआर परिक्षण प्रयोगशालामा भएको परिषणमा नगरप्रमुख देवराज देवकोटालाई संक्रमण भएको हो ।नगर प्रमुख देवकोटालाई कोरोना भाईरस कोभि १९ को संक्रमण पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले बताए ।
उनलाई मंगलबार भएको परिक्षणमा कोरोना संक्रमण पुष्टी भएको प्रयोगशालाले जनाएको छ । नगरप्रमुख देवकोटाका अनुसार हाल स्वास्थ्य अवस्था सामान्य रहेको छ ।