समाचारसमाज

पञ्चपुरीको खानेपानी चुनावमा सुनार र बुढा बिच कडा प्रतिस्पर्धा हुदै,

सुर्खेतकाे पञ्चपुरी ८ मा रहेकाे दुलालथाई माझिगाउ चुनेरीताल खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठनका लागि चुनावी माहाेल तातिएकाे छ । मंसिर १९ गते हुने चुनाव का लागि अहिले दुबै पक्ष चुनाबि प्रचारमा जुटेका छन । बाहिरी रुपमा पार्टी गत नभएको भनिएता पनि नेताहरुकाे सक्रियताले पार्टीगत चुनाव नै भएको प्रस्ट देख्न सकिन्छ । अध्यक्ष का प्रत्यासी उम्मेदवार डिलबहादुर बुढा नेकपा, राष्ट्रिय जनमाेर्चा,मजदुर किसान पार्टी, जयमंगाेल र राप्रपा काे बलियाे गठबन्धन बनाएर अगाडि बढेका छन भने काङ्ग्रेस तर्फबाट दलितको प्रतिनिधित्व गर्दै ललित सुनार प्रत्यक्ष चुनावमा हाेमिएका छन ।

गठबन्धन बाट चुनावमा जित शुनिश्चित गर्न स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री नवराज रावत पनि अान्तरिक छलफलमा जुटेका छन । काङ्ग्रेसकाे बलियो उम्मेदवार का रुपमा रहेका सुनार दलितको भाेट र पार्टीको पुर्ण सहयोग हुनेमा बिश्वास गरेका छन । गठबन्धनका बुढा पनि सबैकाे समर्थन रहेकाे हुदा जित्नेमा ढुक्क बिश्वास गरेका छन । काङ्ग्रेस बाट स्थानीय तहमा जितेर जिल्ला समन्वयको संयाेजक रहेका छबिलाल सिग्देलकाे वडा पनि हाे । सिग्देल अाफै पनि उपभोक्ता रहेकाे हुदा चुनाव प्रचारप्रसार गर्न सजिलाे भएको छ ।

चुनाव मा काङ्ग्रेसकाे तर्फबाट अध्यक्ष ललित कुमार सुनार, उपाध्यक्ष पार्वति रामजाली, सचिब भिमराज घिमिरे, काेषाध्यक्ष टिकाकुमारी बास्ताेला, सहसचिव बिनाेद कुमार थापा, सदस्यहरुमा जमुना गिरी, गैगालाल श्रेष्ठ, बिनिता बिक, महेन्द्र घिमिरे, दिपबहादुर महतारा, टीका वनले उम्मेदवारी दिएका छन । त्यसैगरी गठबन्धनका तर्फबाट अध्यक्ष डिलबहादुर बुढा, उपाध्यक्ष कल्पना कुमारी शाही, सचिव टोपा गिरि, सहसचिव चाद थापा, कोषाध्यक्ष मिना श्रेष्ठ, सदस्यहरुमा प्रतिभा परियार, कृष्णा थापा, नवलसिंङ बुढा, लालबहादुर सहकारी, नरबहादुर सलामी ले उम्मेदवारी दिएका छन ।

चुनावमा काङ्ग्रेसकाे तर्फबाट उम्मेदवार काे चुनाव चिन्ह रुखकाे हाँगामा बसेकाे सुगा रहेकाे छ । त्यसैगरी गठबन्धनका तर्फबाट उम्मेदवार काे चुनाव चिन्ह जरायाे रहेकाे छ । ५ सय भन्दा बढि उपभोक्ता रहेकाे खानेपानीमा जित्नकाे लागि करिब २ सय ८० भाेट ल्याउनुपर्ने देखिन्छ । चुनावी अाकलन गर्दा चुनावमा सबैकाे सहयोग भएमा ५० देखि ६० मतले जित्ने ललित सुनारले दावि गरेका छन । गठबन्धनका बुढा पनि सबैकाे साथ रहेकाे र बिपक्षी काे भाेट पनि अाफुले लिने बताउछन । पछिल्लो चरणमा दुबै पक्षहरु अाफ्नाे पक्षमा बहुमत जुटाउनकाे लागि उपभोक्ता संग भेटघाट र चुनावी प्रचारप्रसार लाई बाक्लाे बनाएका छन । उपभोक्ता हरु भने खानेपानी लाई ब्यवस्थित बनाउने उम्मेदवार लाई भाेट दिने पक्षमा रहेका छन । चुनाब मंसिर १९ गते जनजागृत अाधारभुत बिद्यालय दुलालथाईमा हुनेभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close