प्रदेशसमाज

पञ्चपुरीमा अटाे रिक्साका लागि गरिएको निर्णय कार्यान्वयन भएन,

सुर्खेत काे पञ्चपुरी नगरपालिका ले स्थानीय स्तरमा चल्ने अटाे रिक्सा का लागि बनाएकाे नया नियम ३० महिना बितिसक्दा पनि कार्यान्वयनमा अाउन सकेकाे छैन । २०७५ साल जेठ २९ गते नगरपालिकामा बसेकाे बैठले अटाे रिक्सा चालक का लागि ९ अाेटा निर्णय गरेपनि अटाे ब्यवसायी हरु अाफुखुसि भाडा असुल्दै अाएका छन । अटाे रिक्सा मा चालक सहित ४ जना मात्रै सवार गर्ने, असार मसान्तसम्म नगरपालिका मा रिक्सा सुचिकृत गर्ने, बजार क्षेत्र र बिद्यालय नजिक प्रति घण्टा १० किलोमिटर का दरले गति मा सवारी चलाउने, १८ बर्ष भन्दा कम उमेरका ले रिक्सा नचलाउने, सवारी साधन चलाउदा अावश्यक कागजात साथमा राख्ने, ट्राफिक नियमकाे पुर्ण रुपमा पालना गर्ने समेत निर्णय गरेको थियोे ।

नगरपालिका ले अटाे रिक्सा संचालन गर्न नगरपालिका काे खम्बगाडे, दुलालथाई, बिद्यापुर, भेरी पुल सम्म मात्रै संचालन गर्ने क्षेत्र ताेकिएकाे थियोे । अटाे ब्यवसायी हरुले अाफ्नै तरिकाले भाडा दर ताेकेकाे र स्थानीय नागरिक बाट जन गुनासाे अाएकाे हुदा अटाे ब्यावसायी संग बसेर नया भाडादर पनि कायम गरिएको थियोे । बाबियाचाैर बजारदेखि खम्बगाडे रु ८०/- पलैटे बजार रु ५०/- बरैचे रू ३०/- चतुरे चाेक रू २०/- भ्यागुते खाेला रु ४०/- ताेकेकाे छ । त्यसै गरि बिद्यापुर बजार रु ७०/- भेरी पुल ७०/- र माझिगाउ रु २० कायम गरेपनि अहिले अटाे ब्यावसायीहरु अाफ्नै ढंगले भाडा लिने गरेका छन । नगरपालिकामा अटाे सुचिकृत हुने भनिएपनि अधिकांश अटाे रिक्सा सुचिकृत बिना संचालनमा रहेका छन ।

अटाे रिक्सा का लागि गरिएका निर्णय कार्यान्वयन का लागि अटाे ब्यावसायी हरुलाई अाग्रह गर्दा पनि कतिपयले त्यसकाे पालना नगरेकाे पञ्चपुरी यातायात प्रालि का अध्यक्ष रामबहादुर बिष्ट रञ्जित ले बताउनुभयाे । यता पञ्चपुरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माेहनबहादुर बुढाले ईलाका प्रहरी कार्यालय बाबियाचाैर, नगरपालिका र अटाे रिक्सा समिति बिच छलफल भएको र अबकाे ७ दिन भित्र नगरपालिकामा सुचिकृत हुन निर्देशन दिएकाे बताउनुभयो । सुचिकृत नहुने अटाे रिक्सालाई रुट प्रमिट नदिने समेत जनाउनुभयाे । पञ्चपुरी नगरपालिकामा करिव ५० भन्दा बढि अटाे रिक्सा संचालन हुदै अाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close