प्रदेशसमाचार

२९ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवश बिभिन्न कार्यक्रम गरी पञ्चपुरीमा सम्पन्न

[mashshare]

कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता ः अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ २९ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवश पञ्चपुरीमा मनाइएको छ । पञ्चपुरी नगर अपाङ्ग संजालको आयोजना स्वावलम्वन समुह पञ्चपुरीको समन्वय र साईनिङ्ग अस्पताल आई एन एफ सुर्खेतको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आईएन एफ सुर्खेत का उदयबहादुर हमाल ले अपांगता भएका ब्यक्ति हरुलाइ पहुँचमा पु¥याउन सबैले सहयोग गर्नुपर्ने, स्वयंम अपांगता भएका ब्यक्ति हरुपनि एकजुट हुन आबश्यक रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रम मा पञ्चपुरी नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापाले अपाङ्गता भएका ब्यक्तिहरुको आयआर्जन र सिपमुलक कार्यक्रमका लागि नगरपालिका बाट बजेट बिनियोजन गरेको बताउनुभयो । नगरपालिकाले यस अघि अपाङ्गता परिचय पत्र बितरण गरेको र आगामि दिनमा वडा स्तरमा रहेका अपाङ्गता भएका ब्यक्तिहरुको तथ्यांक संकलन गरि परिचयपत्र बितरणलाई थप प्रभाबकारी बनाउने बताउनुभयो । साथै उहाले नगरपालिकामा बन्ने हरेक संरचना अपाङ्गमैत्री बनाउने गरेको समेत जानकारी दिनुभयो । कार्यक्रममा वडा अध्यक्ष धनवहादुर थापा, रत्नबहादुर धुराल, खड्कबहादुर थापा, हरिप्रसाद ढकाल लगाएतले शुभकामना समेत ब्यक्त गर्नुभएको छ । कार्यक्रम स्वालम्बन समुहका अध्यक्ष राजकुमार कडेलको अध्यक्षतामा सम्पन्न भएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close