प्रदेशसमाचार

दुलालथाई माझिगाउ चुनेरिताल खानेपानी अायाेजनाकाे चुनावमा ललित सुनारको प्यानल बिजयी

[mashshare]

दुलालथाई माझिगाउ चुनेरीताल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे कार्यसमिति चयनका लागि भएकाे मतदानमा लाेकतान्त्रिक प्यानलका ललित सुनारकाे टिम बिजयी भएको छ । मंसिर १९ गते बिहान ९ बजे देखि सुरु भएको मतदान मा ४ सय ४० मत खसेको थियाे । ४ सय ५६ मतदाता रहेकाेमा बिजयी हुने अध्यक्ष का उम्मेदवार ललित सुनारले २ सय ३३मत ल्याएका छन ।

उनका निकटतम प्रतिद्वन्द्वी डिलबहादुर बिसिले १ सय ८० मत ल्याएका छन । त्यसैगरी प्रजातान्त्रिक प्यानल का उपाध्यक्ष पार्वति रामजालीले २ सय ३५, सचिब भिमराज घिमिरेले २ सय ३३, काेषाध्यक्ष टिकाकुमारी बास्ताेलाले २ सय ३३, सहसचिव बिनाेद कुमार थापाले २ सय ३४ मत प्राप्त गरेका छन । त्यसैगरी सदस्यहरुमा जमुना गिरीले २ सय ३७, गंगालाल श्रेष्ठले २ सय ३३, बिनिता बिकले २ सय ३५, महेन्द्र घिमिरेले २ सय ३५, दिपबहादुर महताराले २ सय ३६ र टीका वनले २ सय ३३ मत ल्याएर बिजयी भएका छन । बिजयी समितिलाई मंसिर २० गते बिहान १० बजे पदभार तथा सपथ ग्रहण गराउने निर्वाचन समितिले जनाएकाे छ ।

बिजयी पछि ललित सुनार ले सबैलाई समेटेर खानेपानी पानीको समस्या तत्काल समस्या समाधान गर्ने अाफ्नाे प्रमुख काम रहेकाे बताउनुभएको छ साथै उहाले सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close