प्रदेशसमाचार

निर्वाचीत टिमलाई बधाई दिन गाउमै पुगे पुर्व सञ्चार राज्यमन्त्री- बिष्ट,

पुर्व सुचना तथा संचार राज्यमन्त्री तप्तबहादुर बिष्ट नव निर्वाचीत टिमलाई बधाई दिन गाउमै पुगेका छन । शनिवार बिष्ट पञ्चपुरी ८ काे दुलालथाईमा पुगेका हुन । शुक्रबार दुलालथाई माझिगाउ चुनेरीताल खानेपानी अायाेजनाकाे कार्यसमिति छनाैटकाे लागि भएको निर्वाचनमा प्रजातान्त्रिक प्यानलबाट ललित सुनारकाे प्यानल बिजयी भएको थियोे । शनिबार बिजयी उत्सव मनाईरहेकाे बेला बिष्ट गाउमा पुगेर कार्यसमिति लाई बधाई तथा सफलता पुर्बक जिम्मेवारी पूरा गर्न अनुराेध समेत गर्नुभएको छ ।

नवनिर्वाचित समितिलाई निर्वाचन समितिले अाज नै प्रमाणपत्र तथा सपथ ग्रहण गराएकाे छ । ४ सय ५६ उपभोक्ता रहेकाे खानेपानी अायाेजनाकाे यसभन्दा पछि समितिले गर्ने काम काे मुल्यांकनका रुपमा पनि हेरिएकाे छ । अहिलेपनि धेरै जसाे बस्तिमा खानेपानी काे समस्या रहेकाे र उपभोक्ता हरु छिमेकी काे ईनारबाट पानी ल्याउनुपर्ने अबस्था समेत रहेकाे छ । उपभोक्ताहरु नया समितले खानेपानीकाे ब्यवस्थापन गरि खानेपानी सुचारु गर्ने अाशामा बसेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close