प्रदेशसमाचार

पञ्चपुरीमा ५३ वर्षीय काेराेना संक्रमितकाे मृत्यु

सुर्खेत । पञ्चपुरी नगरपालिका-६ सुर्खेतका ५३ वर्षीय पुरूषकाे काेराेना संक्रमणबाट मृत्यु भएको हाे । मंसिर ९ गते काेराेना पुष्टि भएका पुरूष हाेम अाईसाेलेशनमा रहेको र एक्कासि स्वासप्रस्वासमा समस्या देखिएपछि कर्णाली प्रदेश अस्पताल कालागाउँकाे काेभिड अस्पतालमा भर्ना गरिएको थियो । अक्सिजन स्याचुरेशन कम रहेकाे र अक्सिजनसहित अन्य अावश्यक उपचार गरिएपनि बचाउन नसकिएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

स्वास्थ्यमा सुधार नभएर बेहाेस भएपछि शनिबार राती ८:३७ बजे उनकाे दु:खद् निधन भएको कँडेलले बताए । उनकाे शव व्यवस्थापन गर्न जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र नेपाली सेनाले समन्वय गरिरहेकाे कँडेलकाे भनाइ छ । कर्णालीमा याेसँगै काेराेना संक्रमणबाट मृत्युु हुनेको संख्या २० पुगेको छ ।

यता बिद्यालयका शिक्षकमा काेराेना संक्रमण देखिएपछि पञ्चपुरीकाे १ बिद्यालय ७ दिनका लागि बन्द गरिएको छ । बिद्याज्याेती माद्यामिक बिद्यालय बाबियाचाैरका शिक्षकमा काेराेना संक्रमण देखिएपछि १ हप्ता बिद्यालयकाे पठनपाठन बन्द हुने बिद्यालयले जनाएको छ । बिद्यालय ब्यवस्थापन समितिकाे बसेकाे बैठकले शिक्षकमा काेराेना संक्रमण देखिएकाे हुदा त्यसकाे जाेखिम बिद्यार्थी र समुदायमा फैलन सक्ने जाेखिम भएको हुदा बन्द गरिएको बताएकाे छ । साथै बिद्यालयले संक्रमित शिक्षककाे स्वास्थ्य लाभकाे समेत कामना गरेकाे छ । पठनपाठन मंसिर २१ गते देखि बन्द गरिएको सहायक प्रधानाध्यापक तिर्थ भण्डारीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close