समाचार

चौकुनेमा उत्कृष्ट कार्य गर्ने २१ जना स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेवीका सम्मानित,

[mashshare]

सुर्खेतको चौकुनेमा उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेवीकाहरुलाई गाउँपालिकाले सम्मान गरेको छ । १७ औँ अन्तराष्ट्रिय महिला स्वास्थ्य स्वयमसेवीका दिवसको अवसरमा २१ जना स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेवीकाहरुलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको हो ।
गाउपालिका भित्रको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र आम नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न महत्वपुर्ण भुमिका खेल्दै आएका स्वास्थ्यकर्मी स्वयंसेवीकाहरुलाई सम्मान गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेले जानकारी दिनुभयो । स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेवीकाहरुलाई सम्मान गर्दा सेवा प्रवाहमा केहि सुधार र सहयोग हुने चौकुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेले विश्बास ब्यक्त गर्नुभएको छ ।


कार्यक्रममा गााउपालिकाका अध्यक्ष धिर बहादुर शाही उपाध्यक्ष निर्मला राना मध्य पश्चिम बिश्वविद्यालयका प्रध्यापक कृतीराज जोशी लगाएतको सहभागी रहेको थियो ।
त्यस्तै चौकुने गाउँपालिकाले आफ्नो गाउपालिका भित्र अपाङ्गंता भएका ब्यक्तिहरुको संख्या पत्ता लगाउन घरदैलो कार्यक्रम समेत संचालन गरेको छ । वडा नं १, २, ३ र ४ मा गरिएको घरदैलो कार्यक्रममा क बर्गका १० जना, ख बर्गका ४१ जना, ग बर्गका १८ जना र घ बर्गका १६ जना रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close