समाचार

मोहन्यालको सोल्टामा १० शैयाको अस्पताल शिलान्यास,

[mashshare]

कैलालीको महोन्याल गाउपालिका वडा नम्बर ६ सोल्टामा १० शैयाको अस्पतालको शिलान्यास गरिएको छ । जिल्ला समन्वय समितीका प्रमुख सुर्य बहादुर थापाले एक कार्यक्रम का बिच आज बिधिवत रूपमा शिलान्यास गर्नु भएको हो । वडा नम्बर ७ का वडा अध्यक्ष खर प्रसाद अधिकारीको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा बिशिस्ट अतिथि गाउपालिकाका अध्यक्ष नवल सिह रावल रहनुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण प्रशाद शर्मा, जिल्ला स्वास्थ कार्यालय प्रमुख लालबहादुर धामी, नेकपा जिल्ला कमिटी सदस्य नन्दराज बजगाइ, दल बहादुर रावलले शुभकामना मन्तब्य राख्नु भएको थियो । वडा अध्यक्ष टिकाराम भण्डारीको सभापतित्वमा भएको कार्यक्रमको संचालन अध्यक्षका स्वकीय सचिव नरेन्द्र थापाले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close