प्रदेशसमाचार

खमारीखाेला जलविद्युत अायाेजनामा शाहि र बयक काे उम्मेदवारी दर्ता

सुर्खेत पञ्चपुरी नगरपालिकाकाे बाबियाचाैरमा रहेकाे खमारीखाेला लघुजलबिधुत अायाेजनाकाे कार्यसमिति चयनका लागि अाज मनाेनयन दर्ता गरिएको छ । पुरानाे समितिकाे कार्यकाल सकिएपछि नया नेतृत्वको लागि चुनावी प्रकृया सुरु हुने भएको हाे । मंसिर १५ गते काे साधारणसभा बाट निर्वाचन समिति गठन गरिएपछि समितिले निर्वाचनको प्रकृया सुरु गरेकाे हाे । चुनावी प्रकृयामा जानकाे लागि २ अाेटा टिमले अाज मनाेनयन दर्ता गराएका छन ।

शुरेन्द्र शाहि अध्यक्ष हुने गरि उपाध्यक्ष कबिराम कडेल, सचिब धर्मराज खनाल, काेषाध्यक्ष चन्द्रादेबि खनाल, सदस्यमा गंगा मगर, रणबहादुर खत्री, रमेशकुमार कडेल, नरबहादुर तारामि, गाेपी कामि, कर्णबहादुर बयक क्षेत्री र तेजबहादुर सार्की रहेका छन । त्यसैगरी मानबहादुर बयक अध्यक्ष हुनेगरी उपाध्यक्षमा काैशल थापा, सचिब तेजबहादुर राेकाय, काेषाध्यक्ष निर्मला सिंह, सदस्य बिराज शाहि, कालिबहादुर खत्री, मनिषा रिमाल, उदय कामी, सरस्वती सिंह ठकुरी, रमेश शाहि र मानबहादुर टमटा ले मनाेनयन दर्ता गरेका छन ।

निर्वाचन समिति का अनुसार केही दिन सहमति बाट समिति चयनकाे लागि पहल गर्ने र सहमति नभए चुनावकाे कार्यतालिका सार्बजनिक गर्ने जनाएको छ । जलविद्युत अायाेजनामा १ हजार १ सय ७३ जना उपभोक्ताले भाेट गर्न पाउने भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close