प्रदेशसमाचार

पञ्चपुरी मा नागरिक सहायता कक्ष संचालन,

[mashshare]

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाले नागरिक हरुकाे सेवा प्रबाहमा थप सजिलाे बनाउनकाे लागि नागरिक सहायता कक्ष संचालनमा ल्याएकाे छ । नगरपालिका मा सेवा लिन अाउदा नागरिक हरुले काम गर्दा थाहा नपाएर समय खेर जाने समस्या लाई मध्यनजर गर्दै सेवा प्रभावकारी बनाउन सहयता कक्ष संचालनमा ल्याएकाे नगरपालिकाले जनाएको छ । नागरिक सहयता कक्षकाे नगर उप प्रमुख मुक्ति रेग्मिले उद्घाटन गर्नुभएको हाे ।

नागरिक सहयता कक्षले नगरपालिकामा हुने जनगुनासाे, सेवा प्रवाह बारे जानकारी, नगरपालिका भित्र हुने विभिन्न सुचना हरुकाे जानकारी दिने छ । नगरपालिका काे सभाहलबाट सेवा दिईने भएको छ । पञ्चपुरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत माेहनबहादुर बुढाले सहायता कक्ष सुरुवात गरिएको हाे र यसकाे प्रभावकारिता लाई मध्यनजर गर्दै थप ब्यवस्थापन गरिने बताउनुभएको छ । नगरपालिका भित्रका ११ अाेटा वडा का नागरिकहरुले यसबाट लाभ लिने भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close