समाचार

खमारीखाेलाकाे चुनावमा लालिगुराँस र डाफे चुनाव चिन्ह कायम,

खमारीखाेला लघुजलबिधुत अायाेजनाकाे कार्यसमिति चयनका लागि हुने चुनावका लागि निर्वाचन चिन्ह बितरण गरिएको छ । शुरेन्द्र शाहिकाे प्यानलकाे चुनाव चिन्ह लालिगुरास रहेकाे छ भने मानबहादुर बयककाे प्यानलकाे चिन्ह डाफे रहेकाे छ । शुरेन्द्र शाहि अध्यक्ष हुने गरि उपाध्यक्ष कबिराम कडेल, सचिब धर्मराज खनाल, काेषाध्यक्ष चन्द्रादेबि खनाल, सदस्यमा गंगा मगर, रणबहादुर खत्री, रमेशकुमार कडेल, नरबहादुर तारामि, गाेपी कामि र तेजबहादुर सार्की रहेका छन ।

त्यसैगरी मानबहादुर बयक अध्यक्ष हुनेगरी उपाध्यक्षमा काैशल थापा, सचिब तेजबहादुर राेकाय, काेषाध्यक्ष निर्मला सिंह, सदस्य बिराज शाहि, कालिबहादुर खत्री, उदय कामी, सरस्वती सिंह ठकुरी, रमेश शाहि र मानबहादुर टमटा चुनावी मैदानमा उत्रिएका छन । निर्वाचन समिति का अनुसार मतदान पाैष ३ गते संस्था काे कार्यालय मा बिहान ८ बजेदेखि साझ ५ बजे सम्म हुनेभएको छ । जलविद्युत अायाेजनामा १ हजार १ सय ७३ जना उपभोक्ताले भाेट गर्न पाउने भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close