समाचार

पञ्चपुरीमा कर्मचारीहरुले फेसबुक, टिकटक चलाउन नपाउने,

सुर्खेतकाे पञ्चपुरी नगरपालिका अन्तरगतका सम्पुर्ण कर्मचारी का लागि नगरपालिकाले नया नियम जारी गरेकाे छ । शुक्रबार बसेकाे नगरपालिकाकाे कार्यपालिका बैठकले कार्यालय समयमा सामाजिक संजाल फेसबुक, ट्विटर, भाईवर, म्यासेन्जेर, टिकटक चलाउन नपाउने नियम बनाएकाे छ । सामाजिक संजालमा कर्मचारी हरु ब्यस्त हुने र सेवाग्राही काे काममा असर परेकाे जनगुनासाे अाएकाे हुदा यस्तो निर्णय गरेकाे नगरपालिकाले जनाएको छ । नगरकार्यपालिका ले विभिन्न कार्यबिधि समेत पारित गरेकाे छ ।

नगरपालिका प्रमुख प्रशासकिय अधिकृत माेहनबहादुर बुढाका अनुसार कार्यालयमा कर्मचारी हरुले फेसबुकमा ब्यस्त समय खर्च गरेकाे पाइएमा जवाफ साेधिने समेत भएको छ । बुढाले कार्यालयमा बसेर सरकारी पाेसाक मै टिकटक बनाउने, फेसबुक, टिकटकमा पाेष्ट गर्ने, विभिन्न कार्यालयकाे काम भन्दा अन्य बिषयमा पाेष्ट, कमेन्ट गर्ने जस्ता काम हुने गरेकाे हुदा यस्तो नियम लगाएकाे बताउनुभयो । नगरपालिका भित्रका नगर मातहतका सरकारी कार्यालयमा याे नियम पुर्णरुपमा लागू हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close