शिक्षासमाचारसमाज

पञ्चपुरीका १५ जना शिक्षकमा काेराेना संक्रमण, बिद्यालय अनिश्चित कालका लागि बन्द

सुर्खेतकाे पञ्चपुरी नगरपालिका मा रहेका बिद्यालयमा काेराेनाकाे संक्रमण थप बढ्दै गएकाे छ । पञ्चपुरीकाे बिद्याज्याेती माध्यामिक बिद्यालयमा यस अघि शिक्षकमा काेराेना देखिएपछि बन्द भएको बिद्यालय थप केही दिन बन्द हुने भएको छ । कहि दिन अगाडि सुर्यप्रकाश माद्यामिक बिद्यालय पलैटे र बिद्याज्याेती माद्यामिक बिद्यालय बाबियाचाैरका ३९ जना शिक्षकमा गरिएको काेराेना परिक्षणमा दुबै बिद्यालयका प्रधानाध्यापक सहित १५ जनामा संक्रमण पुष्टि भएको हाे ।

सुर्यप्रकाश माध्यमिक बिद्यालयका ११ र बिद्याज्याेति का ३ जना शिक्षक र १ जना कार्यालय सहयोगीमा संक्रमण भएको हाे । संक्रमितहरु हाेम क्वारेन्टाइनमा बस्नकाे लागि अाग्रह गरिएको छ । काेराेना संक्रमण देखिएकाे कारण पलैटे र बाबियाचाैरका संक्रमण देखिएका बिद्यालयकाे पठनपाठन समेत बन्द हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close