प्रदेशसमाचार

बण्डाली सामुदायिक वनकाे चुनावमा ईन्द्र बहादुर सलामी काे प्यानल बिजयी,

[mashshare]

बण्डाली सामुदायिक बन उपभोक्ता समिति चाैकुने ६ र ८ सुर्खेतकाे उपभोक्ता समिति काे निर्वाचन मा ईन्द्रबहादुर सलामी काे प्यानल बिजयी भएकाे छ । ५ सय ५४ मतदाता रहेकाे सामुदायिक बनकाे शनिबार भएको निर्वाचनमा ४ सय ३ मत खसेकाे थियो । निर्वाचन समितिका अनुसार ईन्द्रबहादुर सलामी २ सय ४ मत ल्याएर बिजयी भएका छन भने प्रतिद्वन्द्वी जंगबहादुर कामीले १ सय ७० मत प्राप्त गरेका छन ।

त्यस्तै उपाध्यक्ष लक्ष्मि सुनार २ सय १, सचिब सीता साउद २ सय ३, काेषाध्यक्ष दुर्गा बुढा १ सय ९६, सह सचिव गाेबिन्द प्रसाद सापकोटाले १ सय ९७ मत ल्याएर बिजयी भएका छन । त्यसैगरी सदस्यहरुमा देबिलाल ढकाल १ सय ९८, डिल्लीराम पाैडेल १ सय ९३, थिरराज अधिकारी १ सय ९२, यमु अाउजी १ सय ८५, यमलाल अधिकारी २ सय ३ र कलसा बुढा क्षेत्री ले १ सय ८५ मत ल्याएर बिजयी भएका छन । बिजयी कार्यसमिति लाई शुक्रबार सपथ ग्रहण गराउने निर्वाचन अधिकृत रामबाबु बिसी ले निलाे अाकाशलाइ जानकारी दिनुभएको छ । ४ सय ३ मत मध्ये २९ मत बदर र ३ सय ७४ मत सदर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close