प्रदेश

नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा अधिकृत विष्टको निधन

कोरोना संक्रमण भएपछि उपचाररत नेपालगन्ज उप–महानगरपालिकाका शिक्षा अधिकृत दानबहादुर विष्टको आईतबार निधन भएको छ ।  

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ४ स्थायी घर भएका विष्टको उपचारको क्रममा भेरी अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि मङ्सिर २४ गते कोरोना परीक्षण गराएका विष्टलाई २५ गते कोरोना भएको पुष्टि भएको थियो । 
रोगको प्रकृतिअनुसार, सबै प्रकारको उपचार गर्दा गर्दै विष्टको निधन भएको भेरी अस्पतालले जनाएको छ । यसअघि पनि कोरोनाबाट नेपालगञ्ज उप–महानगरपालिकाका जिन्सी सहायक  युवराजविक्रम घले र वडा नम्बर २ का वडा सदस्य शान्ति परियारको निधन भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close