प्रदेशसमाज

पञ्चपुरी नगरपालिकाकाे फेसबुक, टिकटक, म्यासेन्जर बन्द गर्ने निर्णयकाे प्रशंसा गर्ने धेरै,

पञ्चपुरी नगरपालिका ले कार्यालय समयमा सामाजिक सञ्जाल फेसबुक, टिकटक, म्यासेन्जर, ट्युटर बन्द गर्ने निर्णयकाे सर्बत्र प्रशंसा गरिएको छ । नगरपालिकाकाे कार्यापालिका बैठकले फेसबुक बन्द गर्ने निर्णय भएपछि सामाजिक संजालमा धेरैले प्रतिक्रिया दिएका छन । कतिपयले याे निर्णय कार्यान्वयन नहुने भनेका छन भने कतिपयले हाँसाेमा उडाएका छन । सामाजिक संजाल फेसबुकमा अमृता बुढाथोकीले फेसबुक मात्रै नभई जुवा तास खेल्नमा पनि प्रतिबन्ध लगाउनुपर्ने सुझाब दिएकि छन । त्यस्तै भरत न्याैपाने, शेरबहादुर बिक, जीवन पाैडेल,अारपि लामिछाने,चिरञ्जीवी घिमिरे, पुष्पा भुसाल, पिअार खनालले स्वागत याेग्य निर्णय भएको प्रतिक्रिया दिएका छन ।

त्यसैगरी अमर देउवा, पुजन शाहि ठकुरी, मञ्जु न्याैपाने, नारायण बिसिले निर्णय लाई मजाककाे रुपमा लिएका छन । यता पञ्चपुरी नगरपालिकाले निर्णय कार्यान्वयनका लागि कामकाे थालनी गरेकाे छ । अाईतबार एभरेष्ट नेटवर्क प्रालिले अाफ्नाे सिस्टमबाट नचल्ने बनाएकाे छ भने टेक माईण्डले पनि सुरुवात गरेकाे छ । नेपाल टेलिकमले पनि अाफ्नाे कार्यालयबाट सिस्टम जडान गरिदिने जनाएको छ ।

पञ्चपुरी नगरपालिकाले गरेकाे निर्णय काे कस्ताे लाग्याे भनेर धेरैजनाकाे प्रतिक्रिया लिएका छाै ।

# अर्जुन पाैडेल (एम.आइ.एस.अपरेटर) “निर्णय एकदम राम्राे लाग्याे । तर कतिपय अवस्थामा सामाजिक संजालकाे सहायताले सेवा ग्राहीकाे सेवा गर्नुपरेकाे छ । गरिरहेकाे पनि छाै । यस्ताे अवस्थामा अलि असहज पर्न सक्छ हाेला जस्ताे लाग्छ है मलाई, कार्यालय समयमा सेवाग्राहिकाे कामलाई थाती राख्दै सामाजिक संजालकाे प्रयाेग गर्नु भने बिल्कुलै गलत हाे । तर यसै सामाजिक संजालकाे सहायता बाट पनि कतिपय काम कार्वाहि गर्नुपरेकाे हुदा आवश्यकता अनुरुप प्रयाेग गर्न चाहिँ पाउन पर्छ जस्ताे लाग्छ मलाइ ।”

# सुशील घिमिरे (स्थानीय नागरिक): “कार्यालयमा सेवाग्राही हरुकाे काममा असर नहुने गरेर चलाउन पाउनुपर्छ ।”

# लाेकेश सिंह ठकुरी (शिक्षक): “नमुना नगरपालिका बनाउनका लागि सबै कर्मचारीले कार्यालय समयमा फेसबुक, मेसेन्जर र टिकटक नचलाउने निर्णय कार्यन्वयन हुन सके सेवाग्राहिकाे समयमै काम सकिने भएकाे हुदा याे कदम स्वागतयाेग्य छ ।”

# डण्डपाणी सुवेदी ( स्वास्थ्यकर्मी ): “ईन्टरनेटको जमना हो कार्यलय मा अनाबश्यक मनाेरञ्जन का लागि टिकटक म्यासेन्जर चलाउने का लागि जनताकाे काम नगरी टाईपास गर्ने जस्ता को लागि बन्द गर्ने कुरा ठिकै हाे । नगरपालिकाले गरेकाे निर्णय प्रशंसायाेग्य छ ।”

# दुर्गाप्रसाद चाैलागाइ ( शिक्षक): “एक दम सहि कुराको सुरुवात हो । मोबाइल ले सेवामा असर परेको मात्र हाेईन केन्द्रित ध्यान बिकेन्द्रिकरण गरेको छ ।”

पञ्चपुरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माेहनबहादुर बुढाले सबै कार्यालयमा ईमेल ईन्टरनेटकाे पहुच पुगेकाे र सहि सदुपयोग नभएको बताउनुभयो । नगरपालिका ले अाफ्ना हरेक सुचना तथा कामहरु वेभसाईडमा राख्ने गरेकाे र कतिपय ठाउमा त्यसकाे प्रयाेग नै नभएको बताउनुभयो । सामाजिक संजालकाे प्रयाेगमा बन्देज गरेमा नगरका अरु काममा सहयोग पुग्ने पनि बुढाले बिस्वास ब्यक्त गर्नुभयाे ।

पञ्चपुरी नगरपालिकाका प्रशासकीय अधिकृत (छैटौं) चुडामणी कडेलले सामाजिक संजालकाे पहुँच भन्दा बाहिर राख्ने, पुर्णरुपमा बन्देज गर्ने नभई नगरपालिका, प्रदेश र संघिय सरकारका वेभसाइड हेर्न लागाउने र धेरैकुरा कर्मचारीलाई सिक्ने बानिकाे बिकास गराउन प्रकृया सुरु गरेकाे बताउनुभयो । नगरपालिकाले गरेकाे हरेका गतिविधि,सुचना, जिम्मेवारी मातहतका निकायमा पठाउने गरेकाे र कतिपय कार्यालयले अाफ्नाे कार्यालयकाे ईमेल पनि नहेर्ने पाईएकाे हुदा अनिवार्य दैनिक २ पटक कार्यालयकाे ईमेल हेर्न निर्देशन दिएकाे बताउनुभयो । कतिपय कार्यालय हरुमा सुचना पठाउदा पनि प्रतिक्रिया नअाउने, पुन फाेन गरेर जानकारी दिनुपर्ने, भनेकाे समयमा फाेन नलाग्ने समस्या देखिएकाे र निर्णयले थप सहज हुने भएको हाे । “हामिले धेरै कुराकाे अध्ययन गर्याै समुदायमा धेरै टिका टिप्पणी अाए तर हामी त्यसकाे बारेमा जानकारी दिदैछाै, सकारात्मक काम काे फाईदा ढिलाे देखिन्छ, हाम्रा कर्मचारी हरुलाई हामी १ बर्ष भित्र फेसबुक भन्दा पनि अन्य नेटकाे पहुचमा पुर्‍याउछाै, यसबाट कर्मचारीकाे क्षमताको बिकास हुन्छ” कडेलले भन्नुभयाे ।

पञ्चपुरी नगरपालिकाले प्रत्येक वडामा ईन्टरनेट काे पहुँच पुर्‍याएकाे छ । नगरपालिकाले पाैष महिनादेखि अान्तरिक स्थानीय कर वडामा संकलन गर्ने समेत नीति लिएको छ । अहिले एभरेष्ट नेटवर्क बाट सामाजिक संजाल बन्द भएको छ भने नेपाल टेलिकम र टेकमाइण्डले प्रकृया अगाडि बढाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close