प्रदेशसमाचार

पञ्चपुरीमा सुकुम्बासीहरुलाई लालपुर्जा बितरणको काम सुरु हुने,

[mashshare]

सुर्खेतको पञ्चपुरी नगरपालिकामा पनि सुकुम्बासीहरुलाई लालपुर्जा बितरणको काम सुरु हुने भएको छ । मंगलबार नगरपालिका र आयोगको तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर गरिएसंगै कामको थालनी हुनेभएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगले सुकुम्बासीहरुलाई लालपुर्जा वितरणको प्रक्रिया सुरु गरेको छ । पुर्जा वितरण प्रक्रियामा आयोगले गर्ने काम र स्थानीय तहले गर्ने काम सम्झौतामा उल्लेख गरिएको छ । यसअघि भूमि व्यवस्थामन्त्री पद्मा अर्यालको उपस्थितिमा १४ स्थानीय तहसँग आयोगले सम्झौता गरेको थियो भने थप १ सय स्थानिय तहमा पुर्जा बितरणको लागि काम सुरु गर्न लागेको हो । थप गरिएका गाउपालिका तथा नगरपालिका अन्तरगत सुर्खेतका ९ ओटै स्थानिय तहमा काम हुने भएको हो । सम्झौता पत्रमा लालपूर्जा वितरण गर्नुपूर्व आयोगले गर्ने काम र जिम्मेवारी र नगरपालिका तथा गाउपालिकाले गर्नुपर्ने काम र जिम्मेवारी स्पष्टसँग उल्लेख गरिएको छ ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान, लागत संकलन र प्रमाणीकरण सम्बन्धी मापदण्ड र कार्यविधि उपलब्ध गराउने, कार्यविधि अनुसार फारम भराउने, सुकुम्बासीको तथ्याङक प्रविष्ट गर्न प्रणाली उपलब्ध गराउने लगायका बुँदामा जिम्मेवारी तोकिएको छ । सम्झौता पत्रमा आयोगका तर्फबाट उपसचिव राजेन्द्रबहादुर अर्याल र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर बुढाले हस्ताक्षर गरेका छन् । नगरपालिकाले लालपूर्जा वितरण का लागि काम सुरु गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close