
सुर्खेतबाट दैलेखकाे डाँडीमाडी जाँदै गरेकाे ट्याक्टर दुर्घटना भएकाे छ । दुर्घटनामा दैलेख ठाँटीकाँध गाउँपालिका-१ का २७ वर्षीय दिनेश शाहीकाे मृत्यु भएकाे छ ।
सुर्खेतदेखि दैलेख डाँडीमाडी चामल लिएर जाँदै गरेको भे १ त ७४८१ नम्बरको ट्रयाक्टर दुल्लु नगरपालिका–४, कालाखोलामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक खिमबहादुर खड्काले जानकारी दिए ।
प्रहरीका अनुसार ट्याक्टर रोडभन्दा करिब २५ मिटर तल खोल्सामा खस्दा शाहीको घटना स्थलमै मृत्यु भएको थियो । पोष्टमार्टमका लागि शवलाई दुल्लु अस्पतालको शव गृहमा राखिएको छ ।nepaliraibar