प्रदेशसमाचार

खमारीखाेला जलविद्युतकाे शुक्रबार हुने चुनावकाे तयारी पुरा,

[mashshare]

सुर्खेत काे पञ्चपुरीमा रहेकाे खमारीखाेला लघुजलबिधुत अायाेजनाकाे पाैष ३ गते हुने चुनावकाे तयारी पूरा भएको छ । निर्वाचन समितिका संयाेजक कमलेश्वरी यादवका अनुसार २ अाेटा स्थानमा मतदान गर्ने गरि ब्यबस्थापन गरिएको छ । वडा नं ४ र ५ काे लागि एउटा र वडा नं ६ का लागि अर्काे मतदान केन्द्र रहने गरि ब्यबस्था गरिएको छ । मतदान केन्द्र मा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाईनमा बस्नुपर्ने ब्यवस्था गरिएको छ । करिब ९ सय भाेट खस्ने अनुमान गरिएको अायाेजनामा मतदान गर्न स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ । मास्क लगाउने, सामाजिक दुरी कायम राख्ने गरि स्वयंसेवक परिचालन गरिने भएको छ ।

चुनाव बिहान ८ बजे देखि साझ ५ बजे सम्म संस्थाकाे कार्यालयमा हुनेभएको छ । लालिगुरास चुनाव चिन्ह सहित शुरेन्द्र शाहि अध्यक्ष हुने गरि उपाध्यक्ष कबिराम कडेल, सचिब धर्मराज खनाल, काेषाध्यक्ष चन्द्रादेबि खनाल रहेका छन । त्यसैगरी सदस्यमा गंगा मगर, रणबहादुर खत्री, रमेशकुमार कडेल, नरबहादुर तारामी, गाेपी कामि र तेजबहादुर सार्की रहेका छन । डाफे चुनाव चिन्ह सहित मानबहादुर बयक अध्यक्ष हुनेगरी उपाध्यक्षमा काैशल थापा, सचिब तेजबहादुर राेकाय, काेषाध्यक्ष निर्मला सिंह रहेका छन । सदस्य बिराज शाहि, कालिबहादुर खत्री, उदय कामी, सरस्वती सिंह ठकुरी, रमेश शाहि र मानबहादुर टमटा चुनावी मैदानमा उत्रिएका छन ।

निर्वाचन समिति का अनुसार मतदान गर्न अाफ्नाे परिचय खुल्ने प्रमाणपत्र साथमा ल्याउन अनुराेध गरेकाे छ । जलविद्युत अायाेजनामा १ हजार १ सय ७३ जना उपभोक्ताले भाेट गर्न पाउने भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close