प्रदेश

खमारीखाेला लघु जलविद्युत अायाेजनाकाे चुनावमा ६ भाेटले शाहि बिजयी,

खमारीखाेला लघुजलबिधुत अायाेजनाकाे चुनावमा शुरेन्द्र शाहि झिनाे मतान्तर ले बिजयी भएका छन । सुर्खेतको बावियाचौरमा रहेको खमारी खोला लघु जल विद्युत आयोजनामा नेपाली कांग्रेसको लोकतान्त्रिक प्यानलले वर्चश्व कायम गरेको छ । नयाँ नेतृत्वका लागि कांग्रेसबाट लालिगुराँस र नेकपाबाट डाँफे प्यानल चुनावी मैदानमा उत्रिएका थिए ।

आयोजनको नयाँ कार्यसमितिका लागि शुक्रबार भएको मतदानमा लोकतान्त्रिक प्यानलका सुरेन्द्रबहादुर शाहीले ६ मत अन्तरले जितेका हुन् । शाहीले ४२१ मत ल्याएर विजयी भए भने प्रतिद्वन्द्वी नेकपाबाट उम्मेदवार मानबहादुर वयक ४१५ मत ल्याएर पराजित भए ।

उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका कविराज कँडेलले ४५१, सचिवमा धर्मराज खनालले ४४४ र कोषाध्यक्षमा चन्द्रादेवि खनालले ४३९ मत ल्याएर विजयी भएका छन् ।

यस्तै, सदस्यहरुमा सदस्य रणबहादुर खत्री, गोपी तिरूवा, रमेशकुमार कँडेल, गंगा मगर, नरबहादुर तारामी मगर, तेजबहादुर सार्की र रमेश शाही निर्वाचित भएका छन् । एक हजार १८२ मतदात रहेकाे  आयोजनामा ८८० मत खसेकाे थियाे । याे मध्य ३० मत बदर भएकाे हाे ।

निर्वाचन समितिका अनुसार बिजयी टिमलाई अाईतबार नै सपथ ग्रहण काे कार्यक्रम रहेकाे छ । निर्वाचन जिते लगत्तै शाहीले अाफुलाई सहयोग गर्ने सम्पूर्ण उपभोक्ताहरुलाई धन्यवाद दिएका छन । अाफ्नाे कार्यकालमा देखिने खालका उदाहरणीय काम गर्ने समेत प्रतिबद्धता गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close